आज चौँरीदेउरालीको बाँजखेतमा भव्य कार्यक्रम सहित गुम्बामा“सुङ प्रतिस्थापन” हुँदै

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नम्बर २ बाँजखेतमा आज माघ १९ गते शनिबार बौद्ध धर्म दिपछ्योर्तेन गुम्बामा “सुङ प्रतिस्थापन” कार्यक्रम हुँद छ। आजको सुङ प्रतिस्थापन कार्य बौद्ध धर्मावलम्बीहरुको श्रदय धर्मगुरु औतारी टुल्कु लोप्साङ नाम्ग्याल रिन्पोछेको बाहुली बाट हुने भएको हो।साथै उक्त कार्यक्रममा श्रदय खेन्पो सर्वजित गोङबाबाट धार्मिक प्रबचन समेत रहेको बौद्ध धर्म दिपछ्योर्तेन गुम्बाका अध्यक्ष तथा समाजसेवी टेकराज मोक्तानले जनरक्षालाई बताएका छन । चौरीदेउराली गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यक्तिहरुको भव्य उपस्थिति सहितमा गुम्बाको उदघाटन गर्न लागिएको । यसै गरि आज हुने भब्य कार्यक्रममा गुम्बा निर्माण गर्न आर्थिक सहयोग गर्ने दानपतीहरुलाई विषेश सम्मानको कार्यक्रम समेत रहेको मोक्तानले बताएका छन ।चौँरीदेउराली गाउँपालिकाकै पर्यटकीय स्थलको सम्भावना बोकेको बाँजखेतमा बौद्ध धर्मावलम्बीहरुको आश्थाको धरोहर गुम्बा निर्माण हुँदा स्थानीयहरु हर्षित भएको सोर्त बताँउछ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…