सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिन्छः ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्न सके बेरोजगारी घटाउन सकिने बताएका छन् । शनिवार बाग्लुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै ढकालले अहिले बाध्यतावश बिदेसिनुपरेको यथार्थलाई हटाउन स्वदेशमै रोजगारका अवसर सिर्जना गर्न सक्नुपर्ने बताएका हुन् ।
उनले स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन आवश्यक रहेको जिकिर गरे । अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको सही कार्यान्वयन जरुरी रहेको उनको भनाई थियो ।
उनले भने( ‘एउटा बाध्यताले हामी बाहिर जानुपरेको छ । साधारण तरिकाबाट त्यो रोक्न सक्ने अवस्था छैन । त्यसको लागि हामीले नेपालमै अवसर दिनुपर्छ । त्यसो हुन सके मात्रै बाहिर विवश भएर जाने कुरा रोकिन्छ । हालै नेपाल सरकारले अध्यादेशमार्फत कानुनहरू ल्याएको छ । त्यो निजी क्षेत्रले स्वागत गरेको छ । कतिपय चिजहरू हाम्रा पुराना कानुहरू, भइरहेका कानुनहरू निजी क्षेत्रले दिएको सुझावअनुसार परिवर्तन भएका छन् । कतिपय पुराना कानुनहरू आफैँमा राम्रा पनि छन् । तर त्यसको सही किसिमले इम्प्लिमेण्ट हुन सकेको छैन । अध्यादेशमार्फत परिवर्तन भएका कानुनहरूको स्प्रिटअनुसार नियमावली, कार्यविधि र कार्यान्वयन हुन सके बेरोजगार घटाउने, आर्थिक समृद्धि बढाउने, विदेश जानलाई बाध्य हुनुपर्ने महसुस गरेका छौँ, त्यो अन्त्य गर्न सकिन्छ ।’
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…