७५ जना डिएसपीका लागि ७९ जनाको प्रतिस्पर्धा

काठमाडौं। नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी) का ७५ दरबन्दी रिक्त भएका छन् । जसमा २०७० मा भर्ना भएका ७९ जना इन्सपेक्टर प्रतिस्पर्धामा छन् । गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै डीएसपीको रिक्त पदसंख्या ७५ पुगेको हो । जबकी यो ब्याचबाट यसअघि दुई लट डिएसपी भइसकेका छन्। एक सय ४४ जनाको ठूलो टोली रहेकाले तेस्रो लटमा पनि सबैको बढुवा नहुने भएको छ ।
पहिलो लटमा २०७० को ब्याचका ४६ जना २०८० जेठ २२ गते डीएसपीमा बढुवा भएका थिए । यही ब्याचको दोस्रो लटको रुपमा २०८० चैत २२ गते थप १९ जना डीएसपी बढुवाका लागि सिफारिस भएका थिए । यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै कार्यरत छन् । उनीहरुबाटै अब डीएसपी बढुवा निकाल्ने प्रहरी हेडक्वाटरको तयारी छ ।यो ब्याचमा ७९ जना प्रतिस्पर्धी भए पनि डीएसपीको ७५ पदमात्रै खाली छ ।
प्रतिस्पर्धीहरुमा इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, चन्द्र कुमार सिंह, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढथापा चक्रबहादुर डम्बरपाल, अनिलराज गिरी, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, पुष्कर बोगटी, चन्द्र भुसन यादब, बसन्त पाण्डे, प्रशन्नराज चौधरी, विष्णु प्रदिप बस्याल, शिला थापा, बिक्रम लामा, होमप्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह, गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेश न्यौपाने, शैलेन्द्र कुमार भट्ट, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवस बहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, सुरेन्द्र प्रसाद जोशी, पविन्द्र कुमार बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्चलाल गोले, योगराज खतिवडा, डम्बरबहादुर पुरी, सरोज राई, लोकेन्द्र सिंह गुरु, हिरा सिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्त बहादुर सुना, नरेशराज मल्ल, गोविन्द रावत, हिमा थोकर,राजिब श्रेष्ठ, सुवास भट्टराई, देवेन्द्रबहादुर शाह, सुरज बहादुर खड्का, वकिल बहादुर सिंह, शंकर खड्का, भाष्कर खतिवडा, कृष्ण प्रसाद बिष्ट, मदन थापा, हरिबहादुर बस्नेत र अनिल पण्डित छन् ।
इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा समिति रहने छ । उक्त समितिमा प्रहरी महानिरीक्षकको साथै गृहमन्त्रालयका सहसचिव सदस्य, प्रहरी महानिरीक्षकले तोकेको एआई वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…