आकाशमा उडिरहँदा विमानको ट्वाइलेट जाम भएपछि

सिकागो । एयर इन्डियाको सिकागोबाट दिल्ली आइरहेको फ्लाइट पुनः सिकागो फर्किएको छ । बिहीबार अमेरिकाको सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको उडान भरेको थियो । तर लगभग १० घण्टा पछि विमान सिकागो फर्कन बाध्य भयो । मिडिया रिपोर्टका अनुसार विमानमा रहेका ट्वाइलेट जाम भएपछि यस्तो कदम चालिएकाे हो । एयरलाइन्सले यस घटनाबारे सोमबार स्पष्टीकरण दिएको छ ।
मार्च ६ मा सिकागोबाट दिल्लीका लागि उडान भरेको एआई१२६ विमान प्राविधिक समस्याका कारण सिकागो फर्किएको एयर इन्डियाका प्रवक्ताले बताए । सिकागोमा अवतरण गर्दा खाँचोमा परेका यात्रु र चालक दललाई आवास सहयोग दिइएको थियो ।
त्यसपछि यात्रुहरूका लागि वैकल्पिक व्यवस्था गरियो । उडान रद्द भएपछि यात्रुहरूलाई पैसा फिर्ता गरिने पनि एयरलाइन्सले बताएको छ । अमेरिकी मिडियाका अनुसार सिकागोबाट दिल्लीका लागि उडेको विमानका सबै ट्वाइलेटहरू जाम भएका थिए ।
विमानभित्र रहेका १२ वटा शौचालयमध्ये ११ वटाले काम गरिरहेका थिएन । बिजनेस क्लासमा रहेको एउटा ट्वाइलेटले भने काम गरिरहेको बताइएको छ । विमानमा सवार ३०० यात्रुहरूलाई असुविधा भएपछि विमानलाई सिकागो फिर्ता लगियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…