आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रमको घोषणा गरेका हुन्।
सोमबार पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा उक्त घोषणा गरिएको हो । आन्तरिक रोजगारीको ढोका खोल्ने भन्दै श्रम मन्त्रालयले रोजगार प्रवर्द्धन दशक घोषणा गरेको हो।
उक्त घोषणा कार्यक्रममा श्रम मन्त्रालय र विभिन्न रोजगारदाता निकायबिच समझदारी पत्रमा हस्तान्तर समेत गरिएको छ। आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणाको आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमको समेत शुभारम्भ भएको छ।
समझदारी पत्रमा हस्ताक्षरले आन्तरिक रोजगारको ढोका खुलेको श्रम मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीलाई साक्षी राखेर रोजगारदाता निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
नाडा अटोमोबाइल एसोसिएसन, नेपाल होटल व्यवसायी सङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, गार्मेट एसोसिएसन नेपाल, नेपाल निर्माण व्यवसायी महासङ्घ, लगायतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…