पुर्वराजा ज्ञानेन्द्रको हर्कत विरुद्ध जुरुक्क उठ्दै माओवादी : पुर्व जनमुक्ति सेनाहरु पनि अलर्टमा

काठमाडौं । तत्कालीन निरंकुश शाही सरकारका प्रमुख राजा ज्ञानेन्द्र र उनका मतियारहरुका मण्डलेहरु विरुद्ध २०६२/६३मा नेकपा माओवादीको आडमा दोस्रो जनआन्दोलन सफल भयो ।सुरुवात : त सामन्ती राजखानदान अनि उनिहरुको दासी राजकाज सञ्चालनबाट क्रुद्ध शोषीत पिडितहरुको नेतृत्व गर्दै विक्रम सम्बत २०५२ साल फागुन १ गते सशस्त्र जनयुद्ध घोषणा गरेको तत्कालीन माओवादी तथा हालको माओवादी केन्द्रले गणतन्त्रको रक्षाको लागि ठोस निर्णय लिने बताएको छ। हिजो आइतबार काठमाडौंमा पुर्वराजाको स्वागत भन्दै करोडौं रुपैयाँ खर्च गरेर सर्वसाधारण उतारेको वामपन्थीहरुको आरोप छ।सामाजिक अभियान्ताको नामले आफुुलाई चिनाउँदै आएका मेडिकल माफिया दुर्गा प्रसाँईले दारु र आर्थिक नजरनाको लोभ देखाई ल्याएका सामान्य यी किसानको रोष सुन्नुहोस ।
यसैगरी गणतन्त्र नेपालको लागि जिवनकै महत्त्वपूर्ण समय सशस्त्र जन युद्धमा होमिएका तत्कालीन जनमुक्ति सेनाहरु पनि अलर्टमा रहेको पुर्व जनमुक्ति सेनाका कमाण्डर ललित बताउँछन् । उनी भन्छन “भुतले टाउको उठाउँदा योद्धा सायद चुप बस्नु राम्रो होइन ।” तत्कालीन ललितपुरका वाइसीएल इन्चार्ज मनिस भन्छन ” नेतृत्वले के भन्छन् थाहा भएन तर बारुदका छर्रा जिउमा बोकेका हामी अन्तिम लडाइँ लड्छौ त्यो पनि शिशु गणतन्त्र बचाँउनको लागि ।”सोर्तका अनुसार पुर्व वाईसीएलका कमान्डर , पुर्व जनमुक्ति सेनाका कमाण्डर ,वाम विश्लेषक लगाएतले पुर्व माओवादीहरुलाई एकीकृत गर्दै गणतन्त्रको रक्षा गर्न पहल कदमी लिन नयाँ शिरा सुरु गरेका छन । त्यस्तै नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको छ ।प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको छ ।पार्टी तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको माओवादीको निष्कर्ष छ ।आन्दोलनबारे छलफल गर्नको लागि आज समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे प्रचण्डले सिंहदरबारमा डाकेका छन् ।भोलि बस्ने पदाधिकारी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…