पूर्वराजको गतिविधिले गणतन्त्रवादीहरू मोर्चाबन्दीको तयारीमा, के गर्लान त राजावादी समुह ?

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन लागेपछि राजावादीहरूविरुद्ध गणतन्त्रवादीहरू मोर्चाबन्दीको तयारीमा लाग्ने संकेत देखाएका छन्। गणतन्त्रवादीले पूर्वराजालाई आफ्नो ठाउँमा नबसे उनले पाएको सेवासुविधा समेत खोसि दिने चेतावनी दिन थालेएका छन्।
पूर्वराजा शाहले प्रजातन्त्र दिवस फागुन ७ मा दिएको अभिव्यक्तिबाट उत्साहित बनेका राजावादीहरूले गणतन्त्रवादीहरूलाइ थप चुनौनी थप्दै गएका हुन। राजसंस्थाको पुनःस्थापनाको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जस्ता राजनीतिक दल तथा अन्य विभिन्न समूहले सदनदेखि सडकसम्म आन्दोलन गर्ने चेतावनी दिदै आएका छन्।
राजावादीहरूले विभिन्न सभा–सम्मेलन, नारा–जुलुस तथा प्रदर्शन गर्दै उनीहरूले ‘राजा र हिन्दु राष्ट्र’ ल्याइछाड्ने भन्दै गणतन्त्रवादीहरूलाइ चुनौती नै दिन थालेका छन्। आइतबार मात्रै राजावादी दल तथा विभिन्न समूहले पोखराबाट काठमाडौँ फर्किएका पूर्वराजा शाहलाई विमानस्थलमा भव्य स्वागत गर्दै नाराजुलुससहित निर्मलनिवाससम्म पुर्याएका थिए।
वर्तमान राजनितिक परिप्रेक्ष्यमा राजावादीहरूको यो उत्साह, सलबलाहट र तामझामले ठूलो अर्थ नराख्ने केही राजनितिक विश्लेषकहरुले बताउने गरेका छन्।
संसद्मा सामान्य हैसियत भएकाको राप्रपाले संसद्मा भाषण गर्दैमा र अन्य सानातिना समूहसँग सडकमा नाराबाजी गर्दैमा पूर्वराजा पुरानै स्थानमा आईहाल्ने अवस्था भने अहिले नै सम्भव नरहेको विश्लेषकहरु बताउँछन्। राजावादीहरूको अहिलेको यो सलबलाहट अर्थहीन रहेको विश्लेषकहरूले भन्ने गरेका छन्।
पूर्वराजाका समर्थक राजावादीहरूको गतिविधिले आफूलाई लोकतान्त्रिक गणतन्त्रवादीको हिमायती भन्ने दलहरूका नेताहरू भने झस्कीएका छन्।अहिलेको यो सत्ताको लुछाचुँडीले एकअर्काविरुद्ध कठाछे गरिरहेका दलहरू अहिले भने एक ठाउँमा उभिन देखिएका छन्।
मधेशमा केही दिनअघि मात्र प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू एकसाथ एकअर्काविरूद्ध कुर्लिएका थिए।
त्यस्तै एकै दिन मधेश प्रदेशको महोत्तरी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा शाह र उनका समर्थकहरूलाई राजतन्त्र फर्काउने सपना नदेख्न चेतावनी समेत दिएका थिए।
पूर्वराजाको फागुन ७ को सन्देशले उत्साहित राजावादीहरूको चलखेल साम्य हुनुको साटो झन् बढेपछि सत्तासीन र विपक्षी दलहरू मोर्चाबन्दीको तयारीमा जुटिरहेका छन्। काठमाडौँ केन्द्रित भएका दलका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटिसकेका छन्।
राजावादीहरूको सक्रियता बढ्न थालेपछि माओवादी केन्द्रले तराई–मधेश केन्द्रित अभियान नै स्थगित गर्नु परेको छ। अभियान स्थगित गरेर काठमाडौँ फर्किएका माओवादी अध्यक्ष प्रचण्डले सत्तासीन दलका नेताहरू, सेना तथा प्रहरीहरूसँग आइतबार कुराकानी गरेको बुझिन्छ।
नेताहरूका अनुसार राजावादीको सक्रियतापछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको साथ खोजेपछि अभियान स्थगित गरिएको हो। अब ठूला दलहरूको एक ठाउँ उभिएको गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्नुपर्ने पक्षमा माओवादी छ।
माओवादी आन्तरिक छलफलमा रहेकाले कुनै औपचारिक निर्णय भइनसकेको भए पनि यसका लागि अन्य दलहरूसँग पनि छलफल गर्नुपर्ने बेला भएको माओवादी नेताहरूले नै बताउने गरेका छन्। राजावादीहरूको प्रदशन सह्य नभएर पूर्वनिर्धारित कार्यक्रमअघि स्थगित गर्नु परेको माओवादीका नेताहरूले बताउने गरेका छन्।
त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका नेताले आवश्यकताका आधारमा अघि बढ्ने र अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेकाले छलफल र विश्लेषणका आधारमा निर्णय लिने बताउदै आएका छन्।काँग्रेसका नेताले पनि गणतन्त्रवादीहरू पनि प्रदर्शनमा उत्रनुपर्ने बेला भइ नसकेकाले छलफल गरेर मात्र अगाडि बढ्ने बताउदै आएका छन्।
सरकारको नेतृत्व गरिरहेको एमालेका नेताहरू पनि राजावादीहरूको गतिविधिहरूप्रति गम्भीर हुनुपर्ने बेला भएको बताउदै आएका छन्। लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकार उपयोग गर्दा संविधानको पूर्वराजा खिलापमा गएकोमा एमाले आक्रोशित बन्दै गएको छ।
‘वास्तवमा जुन खालको गतिविधि राजावादीहरूले तीव्र रूपमा अघि बढाइरहेका छन्‚यसको कुनै तुक नरेहेको र पार्टीले गम्भीर रूपमा लिएको एमाले नेताहरूले बताउने गरका छन्।
राजावादीहरूको अराजकता बढेकाले सबै गणतन्त्रवादीहरू एक ठाउँमा उभिनुपर्ने बेला भएको एमालेका नेताहरूले बताउने गरेका छन्। गणतन्त्रवादी दलहरू एक हुनैपर्ने अवस्था आएको नेताहरूले सार्वजनिक कार्यक्रममै भन्न थालेका छन्। संविधानविपरीतका गतिवधि गरेर राज्यलाई नै चुनौति दिने काम हुन्छ भने सरकार निरीह भएर बस्ने अवस्था रहदैन।
राजावादीहरूको चुरीफुरीको कुनै तुक नरहेको र राजसंस्था फर्कने कुनै आधार नभएको भएपनि अहिले जनतालाइ भ्रम छर्ने गतिविधि देखिनुमा बाह्य शक्तिको हात हुन सक्ने एमालेका नेताहरूले आशंका गरिरहेका छन्।
एकीकृत समाजवादीका नेताहरूले भने राजावादीहरूको सलबलाहट अर्थहीन रहेकाले यसलाई धेरै महत्व दिन नहुने बताउदै आएका छन्। संसारमै राजतन्त्र मासिँदै गएका वेला नेपालमा पनि फेरि त्यो फर्किने कुनै सम्भावना नरहेकाले यसलाई बढी महत्त्व दिन नहुने समाजवादीका नेताहरूले बताउने गरेका छन्।
राजावादी राप्रपाका मत ७ लाख पनि छैन। यसले न व्यवस्था उल्टाउन सक्छ, न संविधान खारेज गर्न सक्छ न राजतन्त्र नै फर्काउन सक्छ त्यसकारण कुनै सम्भावना नभएकाले धेरै चर्चा गरिरहनु पर्ने विषय नभएको समाजवादीका नेताहरूले बताउने गरेका छन्।
त्यस्तै गत आमनिर्वाचनबाट चौथो ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भने राजावादीहरू उत्साहित हुनुमा सत्तासीन दलहरू जिम्मेवार रहेको बताउँदै आएको छ।र शक्तिशाली भनिएको सरकारले आफ्नो शक्ति गलत ठाउँमा दुरुपयोग गर्दा त्यसैको फाइदा राजावादीहरूलाई पुगेको रास्वपा नेताहरूले बताउँने गरेका छन्।
राजावादीहरूलाइ उत्साह यो गठबन्धन सरकारको काम गराइ र रबैयाप्रतिको आक्रोश भएको रास्वपा नेताहरूको बुझाइ रहेको छ। अहिलेको सरकारले कार्यकर्ता लाएर जनता कुटने, रक्सी खाएर प्रहरी कुट्ने, रविलाई थुन्ने, बालेनलाई तर्साउने, कुलमानलाई लखेट्ने यस्तो काममा सरकार व्यस्त भएको बेला राजवादीहरूले मौकाको फाइदा उठाएको रास्वपा नेताहरूको भनाइ रहेको छ।
अहिलेको सरकार प्रतिको असन्तुष्टि र आक्रोशले पनि जनता सडकमा आएको अनुमान गर्न सकिन्छ जनतामा जति असुन्तुष्टि चुलिदै जान्छ त्यति नै आन्दोलनको गतिहरू बढ्दै जाने देखिन्छ। जनतामा असन्तुष्टि बढ्दै गएपछि कुनै न कुनै एजेन्डा लिएरै आउँछ,त्याे अहिले राजा चाहियो भनेर देखिएको मात्र हो।
अबको बाँकी समय पनि सत्तामा पुग्नेहरू नसुध्रिए अहिले सडकमा व्यक्त जनआक्रोश आगामी चुनावमा पनि व्यक्त हुन सक्ने अनुमान गर्न सकिन्छ।बाँकी समय पनि सरकारको यही रबैया रहे आगामी चुनावमा अहिले सडकमा आएको एजेन्डा थप बलियो भएर नआउला भन्न सकिने अवस्था रहेको छैन।
त्यसैले अहिलेका राजनितिक दलहरूले बेलैमा यो खताराको घण्टी बजेको बुझेन भने भोलीका दिनमा ठूलो दुर्घटना नहोला भन्न सकिने अवस्था भने देखिदैन। र गणतन्त्रवादीहरूले बेलैमा नसोच्ने हो भने जनताको आक्रोश ८४ को चुनाबमा पनि पोखिन सक्ने अवस्था उतिकै बलियाे देखिएको छ। बेलैमा सबै दलका नेताहरूको वुद्धि पलाओस्।रनसुर महतरा
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…