प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा एकीकृत समाजवादीले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।
विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् ।
यसअघि हिंजो आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको अहिलेकै अवस्था रहे आफूहरूले प्रधानमन्त्रीको सम्बोधनमा बस्न बाध्य नहुने चेतावनी दिएका थिए । उनले विपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री अनुपस्थित रहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…