आज फागुन २७ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसरहरू प्राप्त हुनेछ । नयाँ कामको सुरुवातका लागि समय अनुकूल छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ, टाढिएका आफन्तहरू नजिकिनेछन् ।
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । सानातिना समस्या आए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । अध्ययनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । अध्ययनमा सुधार हुनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । सरसफाइ तथा बगैंचा व्यवस्थापनतर्फ आकर्षण बढ्नेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ काम सुरु गर्न केही समय पर्खनु होला । हाल गरिरहेको कामलाई भने निरन्तरता दिनु राम्रो हुनेछ । पीडा दिनेहरू सक्रिय रहने भएकाले सतर्क रहनु होला । केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनु आवश्यक छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- भूमि, सवारी साधन तथा पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । प्रतिभा प्रस्तुत गरेर अवसर हात पार्न सकिनेछ । ध्यान, रचना तथा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । घरमै बसेर विभिन्न कार्य सम्पादन गर्न सकिनेछ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- व्यापारमा फाइदा हुनेछ । काममा माता पिताको सहयोग प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धामा जित्न सकिनेछ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालन व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक वातावरणमा रमाउने अवसर प्राप्त हुनेछ ।
तुला – अरूलाई प्रभावित पारेर काम गराउने सक्ने क्षमता बढ्नेछ । मेहनत गर्दा सफलता प्राप्त हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अस्वाभाविक प्रलोभनले अप्ठ्यारो पर्न सक्छ । यसले स्वतन्त्रतामा बाधा पुर्याउने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । सहयोगीहरूले हात झिक्नाले केही कठिनाइ थपिनेछ । खर्च बढ्न सक्छ ।
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । योजना बनाएको काम पूरा नहुन सक्छ । समझदारी बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने सम्भावना छ ।
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आशा मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयासले पनि ठूलो उपलब्धि प्राप्त गर्न सकिनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुट्नेछ । नयाँ सवारी साधन प्राप्तिको सम्भावना छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- धार्मिक अनुष्ठान तथा मंगलमय कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायमा लाभ मिल्नेछ । कार्य क्षेत्रमा प्रशस्त फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । अवसरहरू आउनेछन्, बोलीको प्रभाव बढ्नेछ । धन लाभको सम्भावना छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- निश्चय भइसकेको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका हुन सक्छ । आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहनेछन्, त्यसैले सचेत रहनु होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा केही उतारचढाव आउन सक्छ। गोपनीयतामा ध्यान दिनु आवश्यक छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…