एयरटेल सहकारीलाई कागजातसहित उपस्थित हुन सहकारी मन्त्रालयको पूर्जी : अशोक गोयलको फेरि निदहराम, पिडीत वचतकर्तालाई थोरै आश पलायो

काठमाडौं । अशोक गोयल नामका व्यक्तिले आफू र परिवारको सक्रियतामा न्यूरोडको धर्मपथस्थित एयरटेल सहकारी संस्था खोलेर कयौं वचतकर्ताको करोडौं रकम झ्वाम पारेको प्रकरण थप चर्किएर गएको छ ।
वचतकर्ताको रकममाथि मनलागि गरेको भन्दै पिडीत पक्षले अदालत गुहार्न जाँदा २ वर्ष कैद बसेर ऋणीसँग रकम असुलेर वचतकर्ताको रकम फिर्ता गर्ने सहमतीमा कैद मुक्त भएका एयरटेलका हर्ताकर्ता अशोक गोयलले फेरि ऋणीमाथि प्रहरीमा उजुर गर्दै धरपकड गरी असुलेको रकम माथि गिद्देनजर राख्दै आफुखुसी गरेपछि मन्त्रालयको थप छानविनमा परेका हुन् ।
जिल्ला अदालत काठमाडौं र तत्कालिन पुनरावेदन अदालत पाटनको आदेशानूसार सहकारी ठगीमा संलग्न भएकोमा २ वर्ष कैद सजाय समेत भोगेर ऋणीबाट असुल भएको रकम छ महिनाभित्र वचतकर्तालाई फिर्ता गर्ने र सहकारीलाई पनि जिवन्त तुल्याउने ओदशलाई पालना गर्न मन्जुरी जनाएका गोयलले ६-७ वर्ष सम्म पिडीतलाई वास्तै गरेका थिएनन् । न्यायलयको आदेश देखाउँदै हालै केही ऋणीको रकम प्रहरी धरपकडबाट असुल गरेता पनि न्यायलयको ढोका ढकढकाउन जाने पिडीतलाई फिर्ता नगरेर बचतकर्ताका नाममा मनलागि फिर्ता गरेको जनाउ वागमती प्रदेश सहकारी मन्त्रालयलाई प्राप्त भएपछि गोयलमाथि उक्त गैरकानूनी क्रियाकलापबारे छानविन गर्न वागमती प्रदेश सहकारी मन्त्रालयले पत्र काटेको हो ।
ऋणीबाट गोयलले झण्डै ३ करोड रकम असुलेको र त्यती नै बराबरको रकम मन लागि वचतकर्ताका नाममा आफूखुसी गरेको भन्दै समाचार गतसाता प्रकाशित भएपछि वागमती प्रदेश सहकारी मन्त्रालयले एक पत्रकाटी फागुन २८ गते बुधबारका सप्रमाण उपस्थित हुन गोयललाई निर्देशन दिएको छ । कहीँकतै नभएको जात्रा हाँडीगाऊँमा भनेजस्तै गोयलले सहकारीबाट धितो धरौटी राखेरै ऋण लिएका ऋणीलाई प्रहरीमा उजुरी दिएर धरपकड गराउँदै कर्जा असुल गराउन भ्याएका थिए । गत २१ गते काटीएको पत्र अनुसार एयरटेल सहकारी संस्थालाई कागजात विवरण सहित छलफलमा उपस्थित हुन बुधबार विहान साढे १० बजेको समय तोकिएको छ । यसअघि प्रदेशस्थित सहकारी मन्त्रालयले एयरटेल सहकारीको आर्थिक कारोवार बारे छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई पनि पत्र लेखेको थियो । मन्त्रालयले ऋणीको विवरणसहितको पूर्ण विवरण र कागजात सहित उपस्थित हुन निर्देशन दिएपछि सहकारी ठगीका नाइके अशोक गोयल यतीबेला निदहरणमा परेका छन् भने पिडीत वचतकर्तालाई केही आश पलाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…