जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ : रक्षामन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताए । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताएका हुन् ।
उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए । उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे ।
रक्षामन्त्री राईले भने, ‘सकिने भन्ने कुरा होइन । जनताले बनाएको संविधान सकिने भन्ने कुरा होइन । किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ । महिलाले पाएको छ । मधेसीले पाएको छ । उत्पीडित जनजाति सबैले पाएको छ । यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन । कहिले पनि अन्त्य हुँदैन । जनताले बनाएको संविधान, लोकतन्त्र र गणतन्त्र हो । जनताले नचाहेसम्म केही हुँदैन ।’
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…