भिमफेदी गाउँपालिकाका अध्यक्षको ब्रम्हलुट : अख्तियारमा उजुरी

काठमाडौं । जनप्रतिनिधिहरुले जनचासोको काम गर्नुभन्दा पनि ‘ऐनी हाउ पैसा कमाउ’ धन्दा गर्न थालेपछि सर्वसाधारण जनताले त्यस्ता जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी हाल्न थालेका छन् ।
मकवानपुर जिल्ला भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले विकास निर्माण र जनचासोको कार्यमा ध्यानै नदिई पैसा कमाउने कार्य गरेपछि सो गाउँपालिकाका जनताहरुले अध्यक्ष लामाविरुद्ध अख्तियारमा उजुरी हालेका हुन् ।
अध्यक्ष लामाविरुद्ध स्थानीय जनताले अख्तियारमा हालेको उजुरीमा लेखिएको छ ‘मकवानपुर जिल्ला भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र अरुकेही व्यक्तिहरुको मिलोमत्तोमा तराई मधेश द्रुतमार्ग फास्ट ट्रयाक निर्माणको लागि चाहिने आवश्यक माल मेट्रियल सप्लाई गर्ने नामको नाटक मञ्चन गरी तपसिल उल्लेखित व्यक्तिहरुको मिलोमत्तोमा गैरकानुनी काम गरेको हुनाले आवश्यक कारबाही गरीपाउँ भनी निवेदन उल्लेख गरेका छन् ।
निवेदनमा भनिएको छ, ‘सडकको मापदण्ड राजमार्गको मोटर पुलबाट कम्तिमा ५ सय मिटर दायाँ बायाँ उत्खनन् तथा क्रसर उद्योग संचालन गर्न नपाउने र गरेमा अबैध तथा गैर कानुनी मानिएको छ,’ तर, अध्यक्ष हिदम लामा र पालिकाका केही व्यक्तिहरुको सेटिङमा कान्तिलोकपथ भित्र पर्ने भिमफेदी गाउँपालिका वडा नं. ८ बागमती किनारमा सय मिटरभित्रै पर्ने गरी अध्यक्ष लामाले आफ्नै भाई नविन लामालाई गैरकानुनी रुपमा संचालन गर्न दिएपछि स्थानीयले अख्तियारमा उजुरी हालेका हुन् ।
अध्यक्ष लामाको सेटिङमा संचालित सो क्रसरबाट उत्पादित सामाग्रीहरु विभिन्न कम्पनीहरुको नाममा बिल काटी राजश्वसमेत छली अकुत आर्थिक लाभ लिँदै आइरहेको स्थानीयको गुनासो छ ।सो क्रसरले धेरै जसो गौतमल्याण्ड कन्स्ट्रक्सन प्रा.लि.को नामको बिल प्रयोग गर्ने गरेको छ भने सो कन्स्ट्रक्सनको मालिक बताउँदै आउने सन्तोष गौतमलगायतको विषयमा पनि सम्बन्धित निकायले छानविन गर्नुपर्ने देखिएको छ ।
अबैधरुपमा संचालित सो क्रसरबाट उत्पादित सामाग्रीहरु राष्ट्रिय गौरवको योजनामा प्रयोग गर्ने भनी हल्ला गरिएको र हल्ला अनुसार नै गरिने हो भने ‘सीपी वान’ चाइना स्ट्रेटलाई मात्र दिन पाउने नियम छ । तर, अबैधरुपमा संचालित क्रसरबाट अन्य कुनै पनि निर्माण कार्यमा बिक्री वितरण गरेमा गैरकानुनी मानिने भएतापनि अध्यक्ष लामाकै निर्देशनमा राजश्व छली धमाधम सामाग्रीहरु विक्री वितरण हुँदै आएको छ ।
असोजमा गएको बाढीपहिरोका कारण क्षतिग्रस्त भएको माण्डु हाइड्रो पावर निर्माणमा राजश्व छली करोडौं रुपैयाँ बराबरको गिट्टी, बालुवा, ग्राभेल सप्लाई गरिरहेको जो कसैले माण्डु हाइड्रोपावर निर्माणस्थलमा गएर हेर्न सकिन्छ ।
त्यस्तै, अध्यक्ष लामा र केही कर्मचारीहरुको ठाडो आदेशमा नविन लामाको परिचालनमा राष्ट्रिय गौरव निर्माणाधिन फास्टट्रयाकको सडक पेटीमा अवैधरुपमा उत्पादन गरिएको सामाग्री राजश्व छली विक्री वितरणको लागि करोडौं रुपैयाँ बराबरको सामाग्रीहरु स्टोर गरेर राखिएको छ ।
त्यस्तै अवैधरुपमा संचालित क्रसरबाट उत्पादित सामाग्रीहरु विक्री वितरण गर्नको लागि भनी बागमती गाउँपालिका वडा नं. ४ प्यूटार, फुर्केडाँडा खैरेनी मोटर बाटोमा ठूलो परिणाममा स्टोर गरेर राखेको प्रत्यक्ष सम्बन्धित निकायले हेर्न सक्छ ।अबैधरुपमा संचालित सो क्रसरबाट उत्पादित सामाग्रीहरु राजश्व छली गरी निर्माणाधित कान्ति लोकपथ सडक र बगुवा, प्यूटार, आश्राङ, गिम्दी मोटरबाटोमा प्रयोग भएको छ । त्यस्तै, प्यूटार खैरघारीमा निर्माणाधिन बागमती खोलाको मोटरपुलमासमेत अध्यक्ष लामाले आफ्नो पदको दुरुपयोग गरी निर्माण सामाग्रीहरु विक्री वितरण गरेको पाइएको छ ।
अध्यक्षले लामाले आफ्नो पहुँचले भ्याएसम्म काठमाडौं उपत्यका, हेटौंडामा समेत अबैधरुपमा संचालित क्रसरबाट उत्पादित सामाग्रीहरु राजश्व छल्दै विक्री बितरण गरेको स्थानीयहरुले बताउने गरेका छन।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…