विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्छ :गृहमन्त्री लेखक

धनगढी २७ फागुन
गृहमन्त्री रमेश लेखकले विपद जाेखिम न्युनिकरण तथा ब्यवस्थापनका लागि सरकारवाला सवै मिलेर काम गर्नु पर्ने बताउनु भएकाे छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका १३ स्थित प्रादेशिक आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने सरकारी याेजना रहेकाे बताउनु भयाे । उहाँले बैदेशिक सहयाेगबाट प्राप्त सामाग्री तथा सरकारले खरिद गरेरै प्रदेशमा रहेका आपतकालिन गोदामघरमा आवश्यक विपद सामाग्री उपलबध गराईने बताउनुभयो ।
सरकारले प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अव प्रदेश सरकार भएकाे उहाँले बताउनुभयाे ।
गृहमन्त्री लेखकले बिपदको समयमा प्रदेश सरकारसंगकाे समन्वयमा काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयाे ।
त्यसक्रममा गृहमन्त्री लेखकले प्रादेशिक आपतकालिन गाेदामघर मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गर्नुभयाे ।

Facebook Comments Box
TOP
113 Shares