मिटरव्याजी खड्गी दम्पती फरार :खोजी गर्दै प्रहरी

काठमाडौं ।मानिसले सम्पत्तिको लागि कति सम्म अपराध कर्म गर्नसक्छन ? भन्ने उदाहरण काठमाडौंको मुटुमा बसेर अपराध कर्ममा तल्लिन खड्गी दम्पतीलाई लिन सकिन्छ । “घरले जाजा बनले आइजआइज ” भन्ने उमेरमा खड्गी दम्पतीले संघीय राजधानीको स्वयम्भूलाई आधार ईलाका बनाउँदै विगत २० वर्ष अगाडि देखि मिटर व्याजी धन्दा चलाउँदै आइरहेको पाईएको छ।२०६१ साल तिर काठमाडौंको हनुमानढोका नजिकै पर्ने कङ्गो भन्ने ठाउँमा सामान्य भट्टी चलाएर बसेका खड्गी दम्पतीले एकाएक मिटरव्याज धन्दा चलाउँदै हाल काठमाडौंकै मुख्य -मुख्य ठाउँमा १० वटा भन्दा बढी आलिसान महल जोड्न सफल भएका छन।यतिमात्र कहाँ होर उनै खड्गी दम्पतीले मिटरव्याजको विशाल साम्राज्य खडागरी काभ्रेको बनेपा,धुलिखेल ,कानपुर,मण्डन-देउपुर लगाएतका विभिन्न ठाउँमा सयौं रोपनी जग्गा जोड्न सफल भएका हुन।खड्गी दम्पतीलाई यस्ता अपराध कर्ममा साथ दिने हालै रिटायर्ड नेपाल प्रहरीका केही उच्च अधिकारी समेत रहेको सोर्त बताउँछ ।सोर्तका अनुसार खड्गी दम्पतीले मिटरव्याज धन्दा चलाउँदै शक्ति ,सत्ता , प्रहरी र गुण्डाको आडमा करिव २० वर्ष अगाडि देखि गरिब दिनदु:खीको श्रम र पसिना माथि राज गर्दै आइरहेका थिए।तर अहिले समय फेरियो गुण्डाहरु दुला पस्न थाले, उनलाई साथ दिने नेपाल प्रहरीका उच्चअधिकारीहरु भटाभट रिटायर्ड भईसकेको अबस्था छ।यस्तै अपराध कर्ममा तल्लीन खड्गी दम्पतीको पासामा परेका थिए काठमाडौंको बौद्धमा बस्ने साधुराम तामाङ र काठमाडौं असनमा बस्ने छत्र बहादुर श्रेष्ठ। यी ,दुई जनालाई खड्गी दम्पती सम्म पुर्याउन साथ दिने मिटरव्याजीको दलालको रुपमा उनै दम्पतीले परिचालन गरेका नाताले भदा पर्ने कवि रत्न खड्गी ।साधुराम तामाङलाई घरायसी खर्चको लागि ४ लाख रुपैयाँ आवस्यक्ता परेको थियो ।यो कुरा उनले कविलाई सुनाए।त्यस लगत्तै कविले साधुरामलाई खड्गी दम्पती सम्म पुर्याए । खड्गी दम्पतीले लाखको १५ हजार व्याजमा पैसा दिन तयार भए त्यो पनि एक वर्षको व्यााज अग्रिम घटाएर। घरायसी आवस्यक्ताका कारण तामाङले त्यो प्रस्ताव स्वीकार गर्दै रकम लिए । त्यसको धरौटीको रुपमा खड्गी दम्पतीले हस्ताक्षर गराएर खाली चेक लिए ।तामाङले एक वर्ष भित्र करिव १० लाख बुझाए ।तर अपराधकर्ममा तल्लिन खड्गी दम्पतीले खालि चेकमा १२ लाख रुपैयाँ रकम भरेर चेक बाउन्स गर्दै तामाङलाई प्रहरी हिरासतको चिसो छिंडिमा राख्न सफल भए।यसैगरी असन केलटोलका छत्र बहादुर श्रेष्ठको काभ्रेपलान्चोक जिल्ला, बनेपामा रहेको २२ आना जग्गा २०७३ भदौ १६ गते धितो स्वरुप रु २५ लाखमा बुद्ध रत्न खड्गीको नाममा पास गरि लिए ।यसरी जग्गा पासगरि लिए पछि खड्गी दम्पतीले श्रेष्ठलाई अग्रिम व्याज जोड्दै २८ लाखको कागज गराए अनि लिए हस्ताक्षर भएको खालिचेक ।कागजी समय सिमा एक वर्ष भित्रै श्रेष्ठले पटक-पटक पैसा तिर्न जाँदा खड्गी दम्पतीले आलटाल गर्दै उल्टै हप्काएर पठाए । फलत: खड्गी दम्पतिले जग्गा फिर्ता त परैको कुरा उल्टै श्रेष्ठको खालि चेकमा २० लाख रकम भरी बाउन्स गर्दै अदालतमा २० लाख धरौटी तिर्न बाध्य बनाए।सो मुद्दा अझपनि सर्वोच्चअदालतमा विचारधिन अबस्थामा रहेको छ।
यी दुई जना त खड्गी दम्पतीबाट पिडत भएका प्रतिनिधि पात्र मात्र हुन ।उनिहरु बाट पिडित भएका हजारौं जना घरबार विहिन भएको सोर्त बताउँछ । हाल पडित तामाङ र श्रेष्ठ दुवै जनाले काठमाडौं प्रहरीमा उजुरी दिएका छन ।प्रहरीको सर्वाधिक खोजी पछि दम्पतीनै फरार रहेको अबस्था छ। काठमाडौं प्रहरीका एक अधिकारी भन्छन” हरेसमाया र बुद्ध रत्न खड्गी मिटरव्याजी (असुली ब्याज) सम्बन्धी मुद्दामा फरार रहेका छन्। उनीहरूलाई पक्राउ गर्न नेपाल प्रहरीले खोजी गरिरहेको छ। मिटरव्याजी प्रकरणमा संलग्नता आरोपित यी व्यक्तिहरूले पीडितहरूलाई अत्यधिक ब्याजदरमा ऋण दिई आर्थिक शोषण गरेको आरोप छ। यस प्रकरणमा कानूनी कारबाही अघि बढाउन प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको हो ।यश समचारको विषयमा खड्गी दम्पतीलाई सम्पर्क गर्दा फोन उठेन।
यस्तो छ मिटरव्याजीलाई कार्वाही गर्ने नयाँ व्यवस्था
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने उक्त विधेयकले मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्याविधि संहिता, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्याविधि संहितामा लेनदेनका विषय सम्बोधन गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्राालयले जानकारी दिएको छ।
“यसको मुख्य विशेषता भनेको ५-७ प्रकारका लेनदेनलाई अनुचित लेनदेन भनेर त्यसलाई ठगी सरहको कसुर बनाइएको छ,” ।
मन्त्रालयका अनुसार यस्ता कारोबार अनुचित लेनदेनमा दरिने छन्:
- लेनदेन नगरेको वा नभएको रकम दिएको लिएको भनी लिखत तयार गरेमा
- लेनदेन भएको वास्तविक रकमभन्दा बढीको लिखत तयार गरेमा
- लेनदेन गर्दाकै बखत ब्याज रकमसमेत साँवामा जोडेर लिखत तयार गरेमा
- ब्याजलाई साँवामा जोडेर नयाँ लिखत तयार गरेमा
- ऋणीले तिरेको बुझाएको रकम भर्पाइ गरिनदिएमा वा त्यस्तो लिखत नबनाएमा
- ऋणको साँवाभन्दा बढी ब्याज लिएमा
- ऋण असुलीको निम्ति धाकधम्की, हिंसा वा शोषण प्रयोग गरेमा
- अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरेमा
अनुचित लेनदेनका आधारमा कसैको सम्पत्ति लिएको खाएको रहेछ भन्ने त्यो फिर्ता गर्नु पर्ने विषय पनि यसमा रहेको मन्त्राालयको ठहर छ।
“समाजमा व्यवहार चलाउन आवश्यक पर्ने उचित लेनदेनलाई अप्ठेरोमा नपार्न विधेयकमा पक्षहरूबीचको कारोबार र कानुन बमोजिम लिन मिल्ने ब्याज लिएको हकमा यसका दफा आकर्षित नहुने पनि भनिएको छ।”
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…