यस्तो छ आज सुनचाँदीको मुल्य

काठमाडौँ । बुधबार सुनको मूल्यमा प्रति तोला ६ सय र चाँदी ३० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
गत सोमबारको तुलनामा ५ सय घट्दा मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदी उच्च मूल्यमा पुगेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो। यसअघि सोमबारका तुलनामा तोलामा १५ रुपैयाँ घट्दा मंगलबार प्रति तोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २९१३.७८ डलर छ। चाँदी प्रतिऔंस ३२.७४ डलर पुगेको छ। मंगलबार सुन प्रति औंस २८९७.७८ डलर र चाँदी ३२.१८ डलरमा कारोबार भएको थियो।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…