धुलिखेल अस्पताल काण्ड : सिनियर भनाउँदा डाक्टरहरू नै मुख्य कारक

काभ्रेपलान्चोक । काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेको छ ।आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको छ । धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेसँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर पाँच दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिने जनाएको छ ।‘समितिले प्रतिवेदन पेश नगर्दाको अवधि सम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरुलाई शैक्षिक, चिकित्सकीय र एशोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने,’ सूचनामा भनिएको छ ।काउन्सिलले आइतबार निलम्बित चार चिकित्सकसँग बयान लिइसकेको छ । आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको हो । फागुन ४ गतेको घटना सार्वजनिक नगरेको अस्पताल प्रशासनले निलम्बनपछि मात्रै सूचना मार्फत जानकारी दिएको हो । त्यसैले घटनालाई शंकास्पद मानिएको छ ।आवासीय चिकित्सकले ओभरडोज औषधि सेवन गरेको र अस्पतालमै उपचारपछि अहिले सामान्य अवस्थामा फर्किएको जनाइएको छ । तर घटनालाई लिएर विद्यार्थीहरूले फागुन १६ गतेदेखि लगाएको ताला अझै खुल्न सकेको छैन ।
विभागीय प्रमुख सहित मानसिक रोग विभागमा कार्यरत चिकित्सकले मानसिक यातना दिएको भन्दै एक आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेपछि अध्ययनरत विद्यार्थीहरूले छानबिनको माग गर्दै तालाबन्दी गरेका हुन् । यसको उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।काउन्सिल स्रोतका अनुसार आवासीय चिकित्सकले उपचारको कागजपत्र मगाइएको छ । ‘दुवै पक्षको बयान लिइसकेका छौं । आवासीय चिकित्सकको उपचारको कागजपत्र मगाएका छौं,’ स्रोतले भन्यो, ‘ केही दिनमा काउन्सिलको आकस्मिक बैठक राखेर निर्णय हुन्छ ।’काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा. विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान थियो ।
विभागीय प्रमुख र एशोसिएट प्रोफेसरबाट पटक पटक दुव्र्यवहावर भएको उनीहरूको भनाइ छ । एक वर्षअघि पनि एक जना विद्यार्थीले दुव्र्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थी बीचमै पढाइ छोडेको आवासीय चिकित्सकले बताए ।दुई साताभन्दा बढी समय बितिसक्दा पनि आत्महत्याको घटनाबारे कुनै सुनुवाई नभएको भन्दै आवासीय चिकित्सकले डीन कार्यालयमा शुक्रबारदेखि ताला लगाएका छन् । नेपाल मेडिकल एसोसिएसनको जुनियर डाक्टर समितिले पनि आवासीय डाक्टरहरूमाथि भइरहेको दुव्र्यबहारप्रति आपत्ति जनाउँदै तत्काल छानबिनको माग गरेको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…