होलीमा काठमाडौँका ९० स्थानमा चेकजाँच

काठमाडौँ । होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।
काठमाडौँ उपत्यकामा आज (बिहीबार) बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरू उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।
साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ । होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
विदेशमा रहेकाहरु विश्वास गर्ने,यता आफन्त दलालीसँग मिलेर फसाउँदै
१ दिन अगाडि
1.9kViews 464 Shares Share on Facebook Share on Twitter गाउँदेखि शहरसम्मका मानिसहरु विदेशमा छन्। रोजगारीको खोजीमा खाडीलगायत विभिन्न देश पुगेका…