आज उपत्यकाव्यापी सितोरियो कराँते मेयर कप बुढानीलकण्ठमा हुँदै

काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले पहिलो पटक प्रथम बुढानीलकण्ठ नगरपालिका उपत्यका व्यापी सितोरियो कराँते मेयर कप, २०८१ को आयोजना गरेको छ। आज हुने उक्त प्रतियोगिताको मुख्य उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु रहेको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियोे ।
काठमाडौं उपत्यकाका विभिन्न विद्यालय,कराँते डोजोहरू तथा क्लबहरूबाट खेलाडीहरूको सहभागिता रहने यस प्रतियोगितामा काता र कुमिते दुवै विधामा प्रतिस्पर्धा गराइने जानकारी दिइएको छ। प्रतियोगिता आज बिहानको ८:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म बुढानीलकण्ठ नगरपालिकाको सभाहल तथा कार्यालय परिसरमा सञ्चालन हुनेछ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार,यस कार्यक्रमका प्रमुख उद्देश्यहरूमा युवा खेलाडीहरूलाई खेलकुदमा सक्रिय रूपमा सहभागी गराउनुका साथै अनुशासन,आत्मविश्वास र आत्मरक्षा कलाको विकासमा टेवा पुर्याउने रहेका छन्। त्यसैगरी खेलकुद मार्फत स्वस्थ समाज निर्माणमा योगदान दिने र खेलाडीहरूको सम्मान गर्ने जस्ता उद्देश्यहरू पनि रहेका छन्।
उक्त प्रतियोगिता खेलप्रेमीहरूका लागि हेर्न लायक हुने विश्वास लिइएको छ। आयोजकले सम्पूर्ण पत्रकार मित्रहरू,खेल प्रेमीहरू तथा स्थानीय बासिन्दाहरूलाई कार्यक्रममा सहभागी भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।
त्यस्तै उत्तरी भेग शाखा डाेजाे, बुढानीलकण्ठ डाेजाे प्रमुख प्रशिक्षक तथा नेपाल सिताेरिया कराते संघका केन्द्रीय सचिव प्रेमलाल बम्जनकाे पनि पत्रकार सम्मेलनमा सहभागीता रहेकाे थियाे।
नेपाल राष्ट्रिय मोई थाई सचिब तथा WBC एमेच्यर “भोई छे”का संस्थापक अध्यक्ष दिपक तामङको समेत सहभागीता रहेको थियो।
साथै ८ औं गोल्ड मेडिलिस्ट राजेश श्रेष्ठ र न्यू “भ्वइ छे “का संचालक भीम कटुवाललगायतका विशिष्ट व्यक्तिहरूको सहभागीता रहेको थियो।
“हामी राष्ट्रिय स्तरमा आगामी २०८२ सालमा विशेष कराँते प्रतियोगिताको आयोजना गर्दैछौं, जसमा नेपालभरका प्रतिभावान खेलाडीहरूले सहभागिता जनाउने छाै तमाङले भने।
न्यु स्कूल र सेन्टानन फिट क्लबहरू पनि यस प्रतियोगितामा सहभागी हुने जनाइएको छ।आज बुढानीलकण्ठ नगरपालिकामा हुने उपत्यकाव्यापी सितोरियो कराँते मेयर कप, २०८१ को तयारी पूरा भइसकेको आयोजकले बताएका छन।
“कराँते खेलले नेपाली युवाहरूमा अनुशासन, आत्मविश्वास र आत्मरक्षा कलाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ,” तमाङले भने, “यस्ता प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ। बुढानीलकण्ठ नगरपालिकाका वडा ८ का अध्यक्ष सुमन तामाङले खेल क्षत्रलाइ अझै बलियाे बनाउन आउने दिनमा बजेटकाे व्यवस्थापन गर्ने बताएका छन्। बुढानीलकण्ठ नगरपालिकाको “युवाको उत्साह, खेलकुदको विकास” भन्ने नारालाई साकार पार्न यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…