काठमाडौंको तीनकुनेमा मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा एकको मृत्यु, एक घाइते

काठमाडौँ । काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।एकाबिहानै ४ः३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँकाले जनाएको छ।उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो । ट्रिपर चालकलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रबक्ता एसपी अपिल राज बोहराले बताएका छन ।सो दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP
389 Shares