चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब निर्णायक समय आएको टिप्पणी सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका छन् ।
उनले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शनको घोषणा गर्दै यस्तो टिप्पणी गरेका हुन् । अब निर्णायक समय आएको बताउँदै प्रसाईले सबैलाई तयार रहन आह्वान समेत गरेका छन ।उनले देशका विभिन्न वर्ग र समुदायलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरे ।
प्रसाईले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै छ, तयार रहौं। यही चैत्र १५ गते देखाउनु छ देश बेचुवाहरूलाई राष्ट्रभक्तिको शक्ति। सम्पूर्ण बैंक, सहकारी, लघुवित्त पीडित, सहकारीमा बचत डुबेका पीडित बचतकर्ता, आफ्नै देशमा व्यवसाय गरौँ भन्दा बैंकको कालोसूचीमा पर्न बाध्य नेपाली व्यवसायी, विदेश जाउँ भन्दा दलालको फन्दामा परि ठगिएका युवाहरू, पाखुरा बजाउँछु देशमै भन्ने सोच राख्दा काम नपाएका बेरोजगार युवाहरू, यो व्यवस्थाले बेहाल अवस्थामा पर्न बाध्य सबै जुटौँ।’
उनले सर्वहारा, भुइँमान्छे, गरिब, विपन्न, उत्पीडनमा परेका वर्ग, दबाइएको दलित समुदाय, हेपिएको सीमान्तकृत समुदाय, भूमिहीन किसान, माओवादी युद्धका घाइते, अपाङ्ग, नाम मात्रका सहिद परिवार, युद्ध पीडित सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
साथै, प्रसाईंले काठमाडौं, ललितपुर र भक्तपुरका अभियन्ताहरूलाई उपत्यका नछोड्न र देशभरका अभियन्ता, राष्ट्रभक्त नागरिक, राजसंस्था चाहने राजनीतिक दलहरूलाई काठमाडौं केन्द्रित आन्दोलनका लागि तयार रहन अनुरोध गरेका छन्।
प्रसाईंले आन्दोलनको मोडालिटीबारे छिट्टै छलफल गरी सार्वजनिक गर्ने बताएका छन्। ‘१५ गतेको लागि तयार रहनुहोला, लड्नु छ देश बेचुवा मारवाडीका गोठालाहरूसँग, बचाउनु छ हाम्रो गौरवपूर्ण देशलाई,’ उनले उल्लेख गरेका छन् ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…