आमूल परिवर्तन नागरिक पार्टीकाे केन्द्रीय सदस्यहरुकाे बैठक सम्पन्न

आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालय तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुकाे बैठक सम्पन्न गरेको छ ।
साेमबार पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा सम्पन्न बैठकमा पार्टी अध्यक्ष दल मर्दन कामीले चार पेजमा आमूल परिवर्तन नागरिक पार्टी एकता पछिको ६ महिनाने कार्यको उपलब्धि र आगामी रणनीति बारे समिक्षात्मक राजनीति प्रतिबेदन प्रस्तुत गरेका थिए उक्त प्रतिबेदन माथी उपस्थित नेतएहरुले बृहत् छलफल र समिक्षा गर्दै, पार्टी एकतालाई वैधानिकता दिनका लागि तत्काल निर्वाचन आयोगमा एकताको लागी जाने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको बैठकमा उपस्थित नेताहरूले बताए ।
गत भाद्र १० गते, ललितपुर स्थित सिद्धार्थ कटेज धोबिघाटमा आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टी बीच भएको पार्टी एकताको पृष्ठभूमिबाट बनेको आमूल परिवर्तन नागरिक पार्टी अहिलेसम्म निर्वाचन आयोग एकताको अध्यावधिक गर्न नजानुको तात्पर्य चरी बहादुर गहतराज (सिबि गहतराज) नेतृत्वको तत्कालीन सामाजिक एकता पार्टी र संयुक्त नागरिक पार्टी बीच एकताको अध्यवधिक गर्न काम बाकी रहेको र यहि माघ २८ निर्वाचन आयोगमा द्वारा सोकाम पूरा भएपछि आमूल परिवर्तन नागरिक पार्टी लाई निर्वाचन आयोगमा एकताको निम्ति ढोका खुलेको र तत्काल निर्वाचन आयोगमा जानुपर्ने अध्यक्ष कामीको भनाइ छ ।
उनले प्रस्तुत गरेको प्रतिबेदनमा पार्टीले जनसवाल मुद्दालाई उठाएर पार्टी संगठन बिस्तार संगै राष्ट्र र राष्ट्रियताका सवाललाई सशक्त र प्रभावकारी रूपमा उठादै उत्पीडित र सीमान्तकृत समुदायहरूको अधिकार र आवाजलाई सत्यता, इमानदारीता र यथार्थमा आधारित रहेर समाज, राष्ट्र र राष्ट्रियताको हितमा रहेर मानवअधिकारको रक्षा , मानवीय प्रकृतिका मुल्यमान्यताको हित , जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधताको संरक्षण प्रबर्द्धन , बिकाश र संघर्ष निम्ति उत्पीडित जनताको अधिकारको निम्ति संघर्षरत हुनुपर्ने बताएका छ्न ।
कामीको प्रतिबेदनमा पुराना र यथास्थितिमा रहेका कांग्रेस, एमाले, माओवादी, रासपा जस्ता पुराना दलहरू आमूल परिवर्तन नागरिक पार्टीलाई ठुलो चुनौतीपूर्ण र प्रतिस्पर्धी मानिरहेका र राप्रपा जस्ता संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताका विरुद्ध रहेका दलहरूले आफ्नो पार्टीलाई दुश्मनको रूपमा लिइरहेका समेत प्रतिवेदनमा राखेकाछ्न ।
अध्यक्ष दलमर्दन कामीको अध्यक्षतामा बसेको बैठकले पार्टी अपडेट गर्नका लागि एकीकृत पार्टीको घोषणापत्र, विधान र नियमावलीलाई अन्तिम रूप दिनका लागि पार्टीका वरिष्ठ नेता कमला हेमचुरी, उपाध्यक्ष बीआर लामा, उपमहासचिव नरेश क्षितिज र सचिव सोम आलेलाई यहि चैत १५ गतेभित्र सम्पन्न गर्न र चैत महिनाको तेस्रो हप्ताभित्र “आमूल परिवर्तन रिपब्लिकन पार्टी” र “संयुक्त नागरिक पार्टी” बीचको पार्टी एकतालाई निर्वाचन आयोगमा अपडेट गर्नलाई तत्कालीन दुबै दलको तर्फबाट एकताको अध्यवधिक गर्न निर्वाचन आयोगमा निवेदन लैजाने निर्णय भएको कुरा पार्टीका महासचिव प्रेम कार्किले बताए ।
बैठकमा पार्टीका दोस्रो अध्यक्ष भरत गिरिले पार्टी एकता लाई बलियो बनाउन पार्टीको निति सिधाान्तमा आधारित रहेर पार्टी एकताको समय गरेको सहमति लाई अक्षरस पालना गर्नुपर्ने सम्झौता लाई थप बलियो बनाउन पार्टीको सचीवलय केन्द्रिय समिति र अब पार्टीमा समावेश हुनेलाइ समेत सम्झौता लाई अक्षरस पालना गर्न लगाउनुपर्नेमा जोड दिएका थिए ।
बैठक उपस्थिति नेताहरूले पार्टी एकतालाई बलियो र मजबुत राख्न नेतृत्वले ब्याक्तीगत स्वार्थभन्दा माथी उठेर राष्ट्र र राष्ट्रियताको हितमा रहि नेतृत्व बिना स्वार्थ एकताबद्द ,बलियो र जनमुखी हुन खबरदारी सहित नेताहरुलाइ सजग गराएका थिए ।
बैठकमा पार्टी उपस्थित नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष कामिले धन्यवाद दिदै भने लोकतान्त्रको बलियो आधार नेताकार्यकर्ता बीच आलोचना आत्माआलोचना गर्नु पार्टी संगठन सुदृढीकरणको महत्त्वपूर्ण पक्ष र लोकतान्त्रिक व्यवस्थाको उत्तम पक्ष रहेको बताउदै सबै नेताकार्यकर्ता जिम्मेवार र कर्मठ बने पार्टी बलियो हुनुपर्ने नेतृत्व मालिक र कार्यकर्ता दास बन्ने व्यवस्थाजो अन्त्य भएको छ लोकतान्त्रिक व्यवस्थामा नेतृत्व हैन सेवक हुन जरुरी छ । नेताकार्यकर्ता इमानदार जुझारु कर्मठ बने पार्टी बलियो हुन्छ, जब पार्टी बलियो बन्छ तब जनताको विश्वास जितेर देशको नेतृत्व गर्दै देशलाई समृद्ध बनाउन सक्षम हुने कुरा बताए ।
बैठकले आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबीचको एकता प्रकृयालाई अन्तिम रूप दिने र टुङ्ग्याउन अविलम्ब नियमावली, घोषणा पत्र, विधान तयार गरि निर्वाचन आयोगमा अध्यावधिक गराउने निर्णय गरियो दुई पार्टीबीचको पूर्व सहमति (सम्झौता) बमोजिन अगाडी बढाउन पार्टीको विधान,घोषणापत्र नियमावली तयारी समितिले चैत्र १५ गते भित्र दस्तावेज तयार गर्न समय सीमा निर्धारण गरिसकेपछि एकताका लागि चैत्र तेस्रो हप्ताभित्र दुवै दलको सम्झौता सहित निर्वाचन आयोगमा अद्यावधिक गराउन जाने बैठकका संचालक उपमहासचिव बिदुर अधिकारीले हामीलाई बताए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…