सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि कुटपिट : डीएसपीसहित ३ जनाबिरुद्ध अदालतमा मुद्दा दर्ता

जनकपुरधाम । धनुषाको महिनाथपुर बोर्डरमा अनाहकमा सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी सुरज रिजालसहित तीन सशस्त्र प्रहरीमाथि जाहेरी दर्ता भएको छ ।
नेपाल–भारत बोर्डरस्थित धनुषाको महिनाथपुर गुल्मका इन्चार्ज डिएसपी रिजालले आम सर्वसाधारणलाई विभिन्न आरोप लगाउँदै साम्प्रदायिक भेदभाव गरेको आरोप लगाइएको छ ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने स्थानीय अमन चौधरी आफ्नो खेतमा बाख्राको लागि पातपतिंगर टिपिरहँदा उनलाई सशस्त्र प्रहरीका दुई जवानले सम्प्रदायिक व्यवहार गर्दै कुटपिट गरेको बताएका छन् । सशस्त्र प्रहरीका डिएसपी रिजालको इसारामा त्यहाँ कार्यरत रहेका सशस्त्र प्रहरीका माधव अधिकारीसहित अन्यले भेदभाव तथा अन्य अपमानजनक कुरा गरी कुटपिट गरेको आरोप लगाएका छन् ।
चौधरीको खुट्टामा चोट लागेको छ । फागुन २५ गते बाख्रालाई घाँस लिन गएका उनलाई सशस्त्र प्रहरीले गाँजा तस्कर भन्दै खेतमा गएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । उनले प्रादेशिक अस्पताल जनकपुरमा घाउ जाँच गराएर जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गर्न जाँदा दर्ता नभएपछि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालत धनुषाले घाउजाँच केश फाराम गरी जाहेरी दर्ता गर्न आदेश दिएपछि प्रहरीले जाहेरी लिएर मुद्दा दर्ता गरेको छ । प्रहरीले घाउ जाँच केश फाराम गराएर अदालतमा सशस्त्र प्रहरीका डीएसपी सूरज रिजाल र माधव अधिकारीबिरुद्ध जाहेरी दर्ता गरेको छ ।
समान्य समान लिएर जाने सर्वसाधारणसँग समेत महिनाथपुर गुल्मबाट खटिएको सशस्त्र प्रहरीले अभद्र व्यवहार गर्न थालेको आरोप चौधरीले लगाए । उनले जाहेरी दर्ताको सन्दर्भमा आफूलाई बचाउ खोज्दा केही महिलाहरुमाथि समेत अभद्र व्यवहार गरेको बताएका छन् ।
बोर्डर भन्दा १ कीमी दूरी नेपालतर्फको रेलवे लाइनमा सीसीटीभी फुटेज जडान गरिएको थियो । त्यो सीसीटीभी फुटालेको आरोप लगाउँदै निर्दोष नागरिक अमन चौधरीमाथि कुटपिट गरेका थिए । पीडित चौधरीले सशस्त्र प्रहरीको कुटाईबाट आफ्नो खुट्टाको नसामा असर परेको बताएका छन् ।
डीएसपी रिजालले घरायसी प्रयोजनमा सर्वसाधारणले ल्याएका सामान पनि बरामद गर्ने गरेका छन् । उनले बरामद सामान तुरुन्त भन्सारमा नबुझाई एकैपटक महिनामा बुझायने र यति मूल्य बराबरको सामान बरामद गरेको भनेर मिडियाबाजी गर्ने गरेको आरोप पनि छ । सशस्त्र प्रहरीमा बीओपी र भन्सार गुल्मका प्रमुख ६–६ महिनामा परिवर्तन हुने गर्दछ । तर रिजाललाई भने यो नीतिबिपरीत ९ महिना बीरगंजको भन्सार गुल्ममा राखिएको थियो । त्यसलगत्तै सरुवा नीतिबिपरीत धनुषाको ठूलो तस्करीको नाका महिनाथपुर गुल्ममा काज गरिएको थियो । उनको अहिले दरबन्दी कायम भएको छ ।
डीएसपी रिजालको बालुवाटारमै पहुँच भएकाले सशस्त्रको नेतृत्वले उनलाई पटकपटक आकर्षक स्थानमा इन्चार्ज बनाउँदै आएको आरोप छ । डीएसपी रिजालले झोलेपोके र घरायसी सामान ल्याउनेलाई दुःख दिने तर ठूलो परिणाममा सामान ल्याउने तस्करहरुसँग सेटिङ मिलाउने गरेको आरोप छ ।
नेपाल फेस
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…