भान्साबाट सल्केको आगोले घर ध्वस्त

2.0kViews
189
Shares
धनकुटा, चैत ६ गते । खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ मा भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । वडा नम्बर छ बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
स्थानीयका अनुसार बेलुका करिव ६ बजे आगलागी भएको थियो । अहिले पीडित परिवारको बस्ने र खाने ठाउँ समेत नभएकाले छिमेकी राम मगरको घरमा गएर बसिरहेको वडा अध्यक्ष देबेन्द्र क्षेष्ठले जानकारी दिनुभयो ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…