मःम बनाउने कारखानामा कुकुरको टाउको,जिउ कता ?

नयाँ दिल्ली । भारतको पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ । उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा. अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।घटनास्थलमा जमेको टुक्रा मासु र क्रसर मेसिन भेटिएको थियो । आइतबार प्रशासनलाई यस विषयमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूको गुनासोपछि आइतबार र सोमबार मोहाली जिल्ला स्वास्थ्य अधिकारी (डीएचओ)ले मटौर (मोहाली) र वरपरका क्षेत्रहरूमा कारबाही गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले भिडियोमा देखाइएका दुई स्थलहरूको भ्रमण गरेका थिए । त्यहाँ सडेको तरकारी, अस्वस्थकर फास्ट फूड र पकाएको खाना फेला पारिएको बताइएको छ । यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । यसबाहेक, दर्ता नभएका विक्रेताहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ । कारखाना सञ्चालन गर्ने विक्रेताहरू नेपालको भएको भनिएपनि नाम खुलाइएको छैन । छापा मारिएको समयमा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएका थिए । यसैबीच कारखानाका कामदारहरूले भने फेला परेको टाउको मःम बनाउन प्रयोग नभएको तर उनीहरूले खाने जनावरको मासु भएको दाबी गरेका छन् । एजेन्सी
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…