यस्तो छ आज सुनचाँदीको मुल्य

2.0kViews
496
Shares
काठमाडौं। नेपाली बजारमा आज (बुधबार)सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ आजको यो सुनको मूल्य हालसम्मकै उच्च हो ।
हिजो मंगलबार सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Facebook Comments Box
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज बैशाख १० गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
अप्रिल 23, 2025
3.8kViews 228 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्य सुदृढ…