ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जना ठहरै, एक गम्भीर

फुङलिङ । ताप्लेजुङमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चाेकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे. १ च. ५१९३ नम्बरको बोलेरो दिउँसो १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । श्रेष्ठको ढाडमा चोट लागेको बताइएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको प्रनाउ रावले जानकारी दिनुभयो ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…