१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

दमक । झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।
आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले आफ्नो लगानीमा १९ जोडीको विवाह गराइदिनु भएको हो । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गर्न अनुरोध गरे बमोजिम पालिकाहरूले विवाहको सिफारिस गरिदिएका थिए ।
विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा भएको सामूहिक विवाहमा चाहिने सबै सामाग्री धाममा नै व्यवस्थापन भएको थियो । सामूहिक विवाहमा बर बधूलाई आवश्यक पर्ने सिँगारका सामाग्री, कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन केही पनि विवाहजोडी तथा परिवारलाई नल्याउन भनिएको थियो ।
सबै व्यवस्थापन गट्टानी परिवारले गरेको हो । शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो । प्रत्येक विवाहमा आउने बेहुला र बेहुलीको परिवारको तर्फबाट बढीमा १० जनासम्म ल्याउने नियम बनाइएकोमा सोही अनुसार भएकाले भव्य रूपमा विवाह सम्पन्न भएको गट्टानीले जनाउनु भएको छ ।
परम्परागत विवाहमा लाग्ने खर्च घटाउँदै सामाजिक सद्भाव र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ । प्रत्येक जोडीका लागि १९ वटै बेग्लाबेग्लै विवाह मण्डप, पुरोहित र सबै सामाग्रीको व्यवस्थापन भएको थियो । अन्तरजातीय जोडीहरू समेत सामूहिक विवाहमा सरिक रहेका थिए ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…