दोलखाको विगु गाउँपालिकामा रोकिएन बालविवाह : मागी विवाहमा न्यूनीकरण भागी विवाह बढ्दो

केदार शिवाकोटी
दोलखा । सानै उमेरमा विवाह गर्ने तथाङ्कमा अघि छ दोलखाको विगु गाउँपालिका । विगुको वडा नम्बर १, २ र ८ मा कलिलैमा विवाह गर्ने बालबालिकाको संख्या धेरै छ । कुनै समय थामी समुदायको बस्ती रहेको थामीचाँगुमा बालकैमा हुने मागी विवाह निकै न्यूनीकरण त भयो तर चेतना अभावमा भागी विवाह भने अझै घट्न सकेको छैन । बालविवाह रोक्न पछिल्लो समय स्थानीय तहले समुदाय परिचालन कार्यक्रमसमेत गरिरहेको छ ।
विगु गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेका गाउँहरु बालविवाहले जकडिएका छन् । पढ्ने उमेरमा विवाह गरेका यहाँका किशोरकिशोरीको कथा पनि त्यति नै कहालीलाग्दो छ । पढ्ने उमेरका किशोरीहरु कलिलैमा आमा बनेका छन् ।
अझ कलिलै उमेरमा विवाह गरेपछि थामीचाँगुमा त अंशवण्डा गरेर बस्नु पर्ने अर्को चलन छ । जसका कारण अधिकांश मानसिक स्वास्थ्य समस्याले ग्रसित छन् । बालविवाह रोक्न समुदायमै परिचालन कार्यक्रम भैरहेको छ । मागी बिबाह न्यूनीकरण भए पनि भागी विवाह रोकिन सकेको छैन ।बालविवाह गर्ने अधिकांश विद्यालय शिक्षाबाटसमेत बञ्चित बनेका छन् । सानैमा विवाह गरेकाहरु आर्थिक रुपमा कमजोर छन् । उमेर नपुगेर विवाह गरेका कितपय गर्भवतीले आकालमा ज्यान गुमाएका छन् भने कतिले बच्चा । पछिल्लो समय कक्षा ७ देखि १० सम्म पढ्ने उमेरमै भागी विवाह बढ्दो छ ।
बालविवाह न्यूनीकरण गर्न जनप्रतिनिधि सक्रिय छन् । तर, यो कुप्रथा हट्न सकेको छैन । स्थानीय तहमा थामी समुदायकै जनप्रतिनिधि आएपछि भने बालबिवाह न्यूनीकरण गर्न योजनासहित अभियान सञ्चालन भइरहेका पनि छन् । तर, सानै उमेरमा बढ्दो सामाजिक सञ्जाल प्रयोगले विद्यालय उमेरमै हुने भागी विवाह रोक्न निकै चुनौती थपिएको छ ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…