मरेको भनिएका व्यक्ति कतारमा जिउँदै ! इटहरीका वडा अध्यक्षको कमाल : जिउँदै मान्छेको मरेको सिफारिस ?

काठमाडौं । यो धन सम्पत्ति भन्ने चिज कस्तो स्वार्थी रहेछ ? सायद, दुनियामा सम्पत्तिभन्दा स्वार्थी अर्काे केही नहुनै पर्छ । आफ्नै बाबु-आमा, लोग्ने-स्वास्नी, दाजु-भाई, साथी-संगी कोही नभन्ने अनी नचिन्ने पनि ! अवौंपतिले पनि सम्पत्तिका लागि आफन्तप्रति नै सानो चित्त गरेको देखियो, अशंवण्डा गर्दा आफूलाई भन्दा एउटा गह्रो-फोहोटो दाई वा भाईलाई बढी दियो भनेर बाबु-आमा माथि नै जाई लाग्ने कुपुत्र पनि भेटिए । दाईले भाईको भाईले दाईको सम्पत्तिकै लागि मारकाट गरेका, वर्षाैंदेखि एकाआपसमा दुश्मनी संगालेका पनि भेटीए । सम्पत्तिकै लोभमा पर्दा काखे बच्चा छाडेर अर्कासँग जाने पनि देखिए । अनूचित लाभ प्राप्त गरेकै आधारमा कानूनले नै वर्जित गरेको विषयमा सहजीकरण गरिदिनेहरुको त कुरै नगरौं ।
यहाँ प्रसंग अली फरक भए पनि सम्पत्तिकै लागि आफ्नै जिउँदो लोग्नेलाई मरेको भनेर सिफारिस माग्ने श्रीमती अनी लोभमा परेर सिफारिस गरिदिने जनप्रतिनिधिको चर्तिकला पनि हेरौं ।
समाचार स्रोतका अनुसार सुनसरीको साविक हाँसपोसा गाविस-२ हाल इटहरी उपमहानगरपालिका-२० स्थायी ठेगाना भएका दिपबहादुर खड्का केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । उनी सञ्चार सम्पर्कका माध्यामबाट परिवारको प्रत्यक्ष सम्पर्कमा पनि निरन्तर छन् । उनका बाबु चन्द्रबहादुर खड्काले त गत वर्ष छोरा दिपबहादुरलाई कतारमै भेटेर फर्केका हुन् । र पनि दिपबहादुर किन गाऊँमा लामो समयदेखि देखिइरहेका छैनन् ? त्यो जानकारीमा आउन सकेको छैन । समाचार स्रोतको दावी अनुसार वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दिपबहादुर यात कुनै अपराधजन्य कसुरमा त्यहाँको कानूनी कारवाहीको सिलसिलामा परेको हुनुपर्छ । वा, यतै केही सामाजिक वा कानूनी अपराध गरेर विदेशिएकोले आफ्नो स्थायी ठेगानामा देखानपरेको हुनुपर्छ ।
जे होस्, विदेश जान्छु भनी झण्डै १२ – १३ वर्ष अघि घरबाट निस्केका उनी त्यस यता गाउँमा देखा नपरेको बताइन्छ । सोही आधारलाई टेकेर दिप बहादुर खड्काकै पत्नी कुष्मा देवी खड्काले आफ्ना लोग्ने अर्थात प्रभुराम खड्काको नाती चन्द्रबहादुर खड्काको छोरा दिप बहादुर २०६८ जेठ १६ गते विदेश जान्छु भनी हिँडे यता परिवारको सम्पर्कमा नभएकाले मृत्युको न्यायीक घोषणा गरिपाऊँ भन्दै २०८१ चैत १० गते जिल्ला अदालत, सुनसरीमा निवेदन दिएकी छिन् । उनले निवेदनका साथमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० को सिफारिस पनि साथै पेश गरेकी छिन् । उक्त सिफारिसमा वडा अध्यक्ष मणीराम श्रेष्ठको हस्ताक्षर रहेको पत्र संख्या ०८१-०८२ च.न. २४३० मा उल्लेख भएअनुसार निवेदकको गाउँमा बुझ्दा १२-१३ वर्षदेखि निज दिप बहादुर खड्का वेपत्ता रहेको बुझिएको भन्दै सिफारिस गरेको देखिन्छ । वडाको सिफारिससहित वेपत्ता भएका भनिएका दिप बहादुर खड्काकी श्रीमती कुष्मादेवी खड्काले सुनसरी जिल्ला अदालतमा चैत ५ गते पेश गरेको निवेदन उपर चैत ६ गते जिल्ला न्यायाधिश प्रकाश राउतले केही वुझ्नु पर्ने भन्दै आदेश गरेपछि जिउँदो मान्छेलाई मरेको न्यायीक घोषणा गरेर सम्पत्ति कुम्ल्याउन खोज्ने परिवारकै सदस्यमाथि बज्र प्रहार त भएकै छ, सिफारिस दिने वडा अध्यक्ष पनि कारवाहीको दायरामा तानिने अवस्था सिर्जना भएको छ ।
जिल्ला न्यायाधिश राउतले गर्नु भएको आदेशानूसार इलाका प्रहरी कार्यालय, इटहरीलाई जिल्ला अदालत, सुनसरीले निम्न विषय खुलाई पठाइदिन भन्दै पत्र लेखेको पत्रमा वेपत्ता भएको भनिएका दिपबहादुर खड्काका बारेमा खोजतलासका लागि तत्कालिन अवस्थामा त्यस कार्यालयमा कुनै निवेदन परेको छ कि छैन ? लेटर प्याडमै खुलाई पठाउन भनिएको छ । त्यस्तै, निजका परिवारको सदस्य संख्या, छोराछोरी, दाजुभाई एवम् आफन्तका बारेमा समेत जनप्रतिनिधिका रोहवरमा सर्जमिन गरी पठाउन भनिएको छ ।
यसअघि प्रलोभनमा परेर सिफारिस दिने इटहरी उपमहानगरपालिका-२० का वडा अध्यक्ष मणीराम श्रेष्ठ बल्ल यतीबेला अफ्ठ्यारोमा परेका छन्, उनले गत महिना गोप्यढंगबाट दिएको सिफारिसको काउन्टरमा न्यायलयले सर्जमिन नै मगाएपछि ! सर्जमिन भन्ने बित्तिकै सार्वजनिक रुपमा कम्तिमा ७ जना स्थानीयले प्रहरी र जनप्रतिनिधिको रोहवरमा आआफ्नो नागरिकता सहित उपस्थित भएर हस्ताक्षर गर्नु पर्ने हुन्छ । त्यसरी हस्ताक्षर गर्न प्रहरी र जनप्रतिनिधिको रोहवरमा उपस्थित हुने व्यक्तिहरु आफ्नै घरपरिवारको सदस्य हुनुहुँदैन । त्यसले गर्दा अब यो जिउँदै मान्छेलाई वेपत्ता भएकाले मृत्यु भएको न्यायीक घोषणा गरिदिन भनेर सिफारिस माग्ने अनी सिफारिस गर्ने दुबै कानूनी फन्दामा पर्ने देखिएको छ ।
यसै विषयमा इलाका प्रहरी कार्यालय, इटहरीमा त्यहाँका कार्यालयका प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र कुँवर सँग सम्पर्क गर्दा उनले अदालतबाट सर्जिमिनको लागि पत्र आउन  साथ अनुसन्धान बढेको र मानिस जिवितै रहेको बताए ।

Facebook Comments Box
TOP
328 Shares