न्यूरोडको ऋद्धीसिद्धी गहनाको कारखानामा प्रहरीको छापा : रातारात उन्मुक्ति, कसरी मिलाइयो हिसाव किताव ?

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले मंगलबार राती गुपचुपमा छापा हानेर बरामद गरेको भनिएको ठूलो परिमाणको रकम, गहना तथा काँचोसुनको हिसावकिताव रातारात नै मिलाएर अवैद्य कारोवार भइरहेको शंकाको घेरामा तानिएको न्यूरोडस्थित ऋद्धिसीद्धि ज्वेलर्सलाई सुटुक्क उन्मुक्ति दिएको खबर छ ।
मंगलबार राती ऋद्धीसीद्धीको अज्ञातस्थलमा रहेको गहना कारखानामा अवैद्य कारोवार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले दुई दिनसम्म पनि छापा हानिएको उक्त घट्नालाई बाहिर ल्याउन चाहेको छैन । यद्यपि, जनरक्षाले छापा हानिएको घटना बारे उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतसँग सम्पर्क गर्दा उहाँले छापा हानिएको स्वीकार गर्दै सम्वन्धित पक्षले स्रोत खुलेको रकम भएको दावी सहितको प्रमाण ल्याएका कारण उक्त प्रकरण टुंगिएको बताए ।
तर, एसएसपी बस्नेतले भनेजस्तो रातारात छापा हानेर रातभरमै मिलाउने जस्तो प्रकरण भने त्यो थिएन । स्रोतका अनुसार डीएसपी अनिल घिमिरेको नेतृत्वमा गएको प्रहरीको टोलीले ऋद्धीसिद्धीको गहना कारखानामा छापा हानेको हो । उनै डीएसपी घिमिरेको नेतृत्वमा यसअघि चिनको नाका तर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको थियो ।
समाचार स्रोतका अनुसार मंगलबार राती ऋद्धीसिद्धीको गहना कारखानाबाट पनि प्रहरीले ठूलो परिमाणमा नेपाली र भारतीय रुपैया, गहना, काँचो सून बरामद गरेको थियो । ऋद्धीसिद्धीका सञ्चालक नरेन्द्र गुप्ताले गर्ने अवैद्य कारोवारको धन्दा सोही कारखानाबाट हुन्थ्यो । त्यहाँ तस्करी गरेर ल्याइएको सून खरिद गर्ने र त्यही राख्ने, काँचो सून खरिद गर्ने रकम त्यहीँ थन्क्याउने र गहना बनाइएको सून पनि त्यहीँ राख्ने हुँदा प्रहरीले छापा हानेका बखतको यथार्थ जानकारी बाहिर नल्याउनुको रहश्यमय घटनालाई सम्वन्धित पक्षले बडो अचम्मका रुपमा हेरिरहेको छ ।
सुन व्यवसायी बीच ऋद्धीसिद्धी ज्वेलर्सका सञ्चालक नरेन्द्र गुप्ता विवादास्पद मानिन्छन् । उनी विरुद्ध कारवाही गर्न नेपाल रत्न तथा आभूषण महासंघले यसअघि नै उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, राजश्व अनुसन्धान लगायतका निकायमा उजुरी गर्नुका साथै निजलाई रत्न तथा आभूषण महासंघको उपाध्यक्षबाट कारवाही गर्दै साधारण सदस्यबाट समेत निष्कासित गर्दै ऋद्धीसिद्धी ज्वेलर्सलाई सदस्यताबाट हटाएको थियो ।
सेटिङ्ग मिलाएर तस्करीको सुन सस्तो मुल्यमा खरिद गर्दै बजार भाउ बिगार्दै जर्ती नलाग्ने भन्दै आफूखुसी मुल्य तोकेको आरोप ऋद्धीसीद्धीमाथि लगाइएको थियो । ऋद्धीसीद्धीले बजार भाउ बिगारेर गरिरहेको कारोवारमा सुनको खरिदभन्दा सुनका गहना विक्रीको परिमाण बिसौं गुना बढी देखिँदा पनि सम्वन्धित पक्षले त्यसबेला कारवाही गर्न सकेको अवस्था थिएन । त्यसैबेला देखि विभिन्न निकायको नजरमा परिरहेको ऋद्धीसिद्धी यसपटक उपत्यका अपराध अनुसन्धान कार्यालयको नजरमा परेको हो । तर, उसको गहना कारखानाबाट प्रहरीले छापा हानेर के-कती नगद, काँचो सुन तथा गहना बरामद गरेको थियो ? के-कति एकापसमा “सो” गर्न खोजीयो र अन्त्यमा रातारात कसरी उक्त छापा प्रकरणलाई बाहिर नल्याउने शर्तमा मिलाइयो ? त्यो भने पछिल्ला दिनमा विस्तारै खुल्दै जाला । अहिलेलाई भने उक्त घट्ना तात्नै नपाइ सेलाउँदै गएको छ ।अपराध महाशाखाका प्रमुख एसएसपी रमेश बस्नेत सँगको कुराकानी सुन्नुहोस् :
https://youtu.be/WJMsQIHxxnE?si=IqfLBBd6LARll1EE
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…