भज्जुपूर्वाबाट तस्करी

बाँके । बाँकेको भज्जुपुर्वा क्षेत्रबाट भारतीय बोइलर चल्ला तस्करी भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ र डुडुवा गाउँपालिका वडा नम्बर ६ को सिमानामा पर्ने भज्जुपुर्वा क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङमा भित्रिएको भारतीय अवैध बोइलर चल्ला बरामद गरिएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा प्रहरी निरीक्षक आकाश भुसालको नेतृत्वमा गएको टोलीले अन्दाजी दुई लाख रुपैयाँ बराबरको बोइलर चल्ला नियन्त्रणमा लिएको हो।
भारतको रुपैडिया नजिकै रहेको नीमबिया गाउँका भारतीय तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै नेपाली तस्करसँग मिलेमतो गरी बोइलर कुखुराका चल्ला नेपाल भित्र्याउँदै आएका थिए। उनीहरूले जंगल बाटो हुँदै भन्सार छली गरी चल्ला तस्करी गर्दै गरेको खुलेको छ। नेपाल सरकारले भारतबाट अयात हुने भारतीय अवैध बोइलर चल्ला र मासुजन्य वस्तुहरूमा सरकार प्रतिबन्ध लगाएको छ। तर पनि भारतबाट चोरी पैठारी गरी नेपालगञ्जमा रहेका फ्रेस हाउसमा खुलेआम बिक्री वितरण भइरहेको देखिन्छ।
पचपोखरा सीमा क्षेत्रबाट पछिल्लो समय तस्करी तीव्र रुपमा बढ्दै गएको छ। शार्मागली, जयसपुर र पचपोखरा जस्ता सहायक नाकाबाट खुलेआम तस्करी भइरहेको छ।सहायक नाकाबाट भने चिनी, टायल, इलेक्ट्रोनिक सामान, लत्ताकपडा लगायतका महँगा सामानहरू ठुलो मात्रामा तस्करी भइरहेको छ । सशस्त्र प्रहरी बलको नेपालगञ्जस्थित प्रस्तावित गुल्म अन्तर्गत रहेका शार्मागली जयसपुर बीओपी र पचपोखरा क्षेत्रको सुरक्षाको जिम्मेवारी डिएसपी विक्रम केसीले सम्हालेका छन्। तर, सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीको लापरवाही र तस्करहरूसँगको मिलेमतोका कारण सीमाबाट हुने अवैध कारोबार रोकिएको छैन।सुरक्षाकर्मीको आँखा अगाडि नै तस्करी भइरहेको देखिन्छ। सुरक्षाकर्मीहरूले तस्करबाट रकम असुली गर्दै आएको आरोप समेत लगाएका छन्।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…