जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

भक्तपुर, १६ वैशाख । मध्यपुर थिमी नगरपालिका-४ एसएस चोक बस्ने ४४ वर्षीय राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-७ हेल्मेटडाँडा बस्ने ५८ वर्षीय कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ९ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box
TOP
361 Shares