अर्की नेपाली छात्रा मृत भेटिइन् , केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग

काठमाडौं । भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।
केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन हो ।गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…