आज बैशाख २० गते शनिबारको राशीफल :पाथीभरा माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधन समेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ । आटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना पनि रहेको छ । तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो– भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । पेटमा गडबड भई रहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् ।
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउने छन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाँउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । लामो यात्राको सम्भावना छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आर्थिक कारोवार अति आवश्यक अवस्थाबाहेक नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- विना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ। हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। तत्काललाई ठूलो फाइदा नउठेपनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
१ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…