संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वनमा प्रेसको भूमिका सराहनीय भएको बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवस (मे–३) का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान जनयुद्धको बलमा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ,’ अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको अवश्यकता हो, यस आवश्यकतालाई व्यावहारतः कार्यान्वन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु।’
अध्यक्ष दाहालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् कामना गरेका छन्।
समाज
थप सामाग्री-
‘भिजिट भिषाको अनुसन्धान गर्दा अख्तियारको धम्की दिइयो, नारायणकाजीले नै अनुसन्धान रोके’
-
आगामी १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
जनताले मुन्ट्याएको राजतन्त्र फर्कन सम्भव छैन : प्रधानमन्त्री ओली
-
आज जेठ ९ गते शुक्रबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई

यातायात कार्यालय एकान्तकुनाका कर्मचारी र पार्किङवालाबीचको मिलोमत्तोमा पार्किङको नाममा ब्रम्हलुट, पार्किङमा गाडी छिराउने बित्तिकै सयदेखि एक सय पच्चिससम्म
२२ घण्टा अगाडि
2.7kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा…