सशस्त्र प्रहरीमा खुकुरी कान्छाको चर्चा !

काठमाडौं ।सशस्त्र प्रहरी वल,नेपालमा एक एआईजीको पद रिक्त छ । रिक्त एआईजी पदका लागि डीआईजीहरूबीच रस्साकस्सी चुलिएको छ । रस्साकस्सीको चर्को भिडन्त चलिरहेका बेला डिआईजी कमल गिरीको चर्चा हल्चोक, गृह मन्त्रालयदेखि बुढानिल्कण्ठहुँदै बालुवाटार सम्म चुलिएको छ ।
। कुनै समय गिरी शक्तिशाली थिए । टतत्कालिन समयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तत्कालिन गृहमन्त्री रामबहादुर थापा वादलको साथ पाएका गिरीले कोशी प्रदेशमा राम्रौ अर्थ जोहो गरेको हल्चोकमा चर्चा छ । कमल गिरी अहिले शक्ति केन्द्रको खरो खोजीमा रहेका छन् ।
एक एआईजीका लागि प्रतिस्पर्धी ४ डिआईजी अर्थात सहकर्मीहरुलाई विभिन्न ठाउँमा उजुरी गर्न भ्याएका उनले आफु जसरी पनि एआईजी बन्ने भन्दै डिआईजी बढुवाको समयमा ५ नम्बरको सुचीबाट एकमा बढुवा भएको बिर्सिएर आफु मात्र एआईजीको लागि उमेदवार भएको भन्दै खुरापाती योजनामा लागि परिरहेका छन् । २०७२ मा युएन मिसन Haitii मा कार्यरत रहदा रक्सी आएर आफु भन्दा बरिष्ठ (Contingent Commander)लाई खुकुरी देखिएर अनुशासनकाे कार्बाहि भाग्देे डिपोट (फिर्ता) भएका कमल गिरीले शक्ति केन्द्रमा अन्य सहकर्मीहरुको बारेमा आचारणका कुरा गरे पछि खैलाबैला मच्चिएको छ । त्यसो त सहकर्मीहरुले उनलाई सशस्त्र प्रहरी भित्र खुकुरी कान्छा भनेर चिन्ने गरेका छन् । स्टाफ कलेज समेत नगरेका गिरीले प्रदेश समाल्दा कार्यसम्पादन राम्रो नगरेको तथा सहायक बाहिनिपति हुदा बाहिनिपतिलाई धम्क्याई कार्य सम्पादनको अङ्क दिन लगाकाे आरोप छ । जनयुद्धका बेला फिल्डमा खटिन भन्दा लुक्न रमाएको आरोप खेकेका उनले एसपी हुँदा दारुको तालमा मातहतलाई कुट्ने, दुव्र्यवार गर्ने गरेको भन्दै मानव अधिकार आयोगमा समेत लिखित उजुरी परेको,कार्वाही गर्न खोज्दा शक्ति केन्द्रबाट दबाब दिन लगाएर रोकेको समाचार स्रोतले जनाएको छ । सशस्त्र प्रहरीमा खुकुरी काण्डको चर्चादेखि एसएसपीबाट डिआईजीहुँदा ५ नम्बरको सुचीबाट छलाङ मारेका गिरीलाई राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले तत्कालिन समयमा राम्रै साथ दिएका थिए । त्यसो त, प्रसाईको सुरक्षा निकायमा राम्रो पहुच थियो ।त्यस कारण त प्रसाई गत तिनकुने घटना पछाडि एकाएक भारत भाग्न सफल भए भन्नेहरुको संख्या पनि कम छैन् । प्रसाईं कस्को सहयोगमा नेपालको सीमा पार गरे त्यो खोजीको विषय हो । नेपाल प्रहरी उक्त विषयमा निरन्तर लागि परिरहेको छ ।
समाज
थप सामाग्री
जडीबुटी–पेप्सीकोला सडकको दायाँबायाँका अवैध संरचना ३५ दिनभित्र हटाउन सूचना जारी
१ दिन अगाडि
1.7kViews 311 Shares Share on Facebook Share on Twitter काठमाण्डाै – सरकारले काठमाण्डाै जडीबुटीदेखि पेप्सीकोला सडकको दायाँबायाँ १५/१५ मिटरभित्रका संरचना…