यस्तो छ आज सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन ५ हजार ३०० रुपैयाँ बढेको हो ।

सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। हिजो एक हजार ९१० मा कारोबार भएको चाँदी आज एक हजार ९६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

 

Facebook Comments Box
TOP
479 Shares