वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

साहित्यकारसमेत रहेका नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले खबरहबसँग गरेका छन् । नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनी शिक्षामन्त्रीसमेत भएका थिए ।

Facebook Comments Box
TOP
182 Shares