पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी

पाकिस्तानको सेनाले भारतका ५ वटा फाइटर जेट खसालेको दाबी गरेको छ।
फ्रान्समा निर्मित तीनवटा राफेल बिमान र दुइटा रूसमा बनेका लडाकु जहाज खसालेको उसले दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। भारतीय विमानहरूले पाकिस्तानमाथि आक्रमण गरेपछि आफूहरूले पनि भारतीय विमानमाथि आक्रमण गरेर खसालेको पाकिस्तानी सेनाले जनाएको छ।
विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौंपछिको सबैभन्दा ठूलो क्षति हुनेछ भनेर रोयटर्सले लेखेको छ।
राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो।
भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान रहेका छन्।
यसअघि भारतले बुधबार बिहान पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ।
भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ। गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए।
भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भन्ने अनुमान गरिएको छ।पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने पनि बताएको छ।
समाज
थप सामाग्री
कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक
२ दिन अगाडि
2.3kViews 174 Shares Share on Facebook Share on Twitter विराटनगर, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र…