सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी कालीदास

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले पाएका छन् ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी सरुवा भएको थिए ।उनको ठाउँमा धौवजीलाई सो जिम्मेवारी दिइएको हो ।नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

Facebook Comments Box
TOP
278 Shares