आज बैशाख २७ गते शनिबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- कृषि तथा पशुपालनमा आम्दानी बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन्। व्यापार व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन्। विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- नजिकका साथीभाइ टाढिन सक्छन्, आँटेका काम बिस्तारै भएपनि सम्पन्न हुनेछन्। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ। पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन्। काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुख दुःखमा साथ दिनेहरू भने भेटिनेछन्।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला । स्वास्थ्य कमजोर रहेपनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन्। टाढाका शुभ चिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौती समेत देखा पर्नेछन्। कोसिस गर्दा केही अवसर मिल्न सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सहयोगीहरूले साथ र हौसला दिनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। समय लाभदायक देखिन्छ । व्यवसायिक काममा प्रशस्त फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बढ्नेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यवसायिक यात्राको सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यवसायिक कामका लागि टाढाको यात्राको सम्भावना छ। आयआर्जन भएपनि चोट पटक लाग्न सक्छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ। झमेला, विवाद र चोट पटकको योग छ। आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भौतिक साधनको क्षति हुने समय छ । पठन पाठनमा त्यत्ति ध्यान दिन नसकिएला। काममा समेत केही चुनौती देखा पर्नेछन्।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।

Facebook Comments Box
TOP
313 Shares