महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाण्डौ – ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज बिहानै महिलाले मात्र रथ तानेर लगनखेलको थति चोकमा पुर्एका छन् ।
रथयात्राको क्रममा हरेक वर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट बिहान महिलाले मात्र रथ तान्नुपर्ने परम्परा याक मिसाया भुज्या अनुसार आज बिहान महिलाले तानेर थति चोकमा पुर्याएका हुन् ।
हिजो रथको टुप्पोबाट नरिवल खसालिएको थियो । यसवर्षको रथयात्रा गएको बैशाख १८ गते पुल्चोकबाट रथ तानेर शुरू भएको हो ।
रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो जेठ १ गते बिहिवार हुने भएको छ । हिजो नरिवल खसाल्ने जात्राको दिन बाराही गुठियार, गुठि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नुपर्ने परम्परा अनुसार आउँदो जेठ १ गतेको लागि साइत निकालेको हो ।
कूलदेवी पूजा ४ दिनसम्म गरिन्छ । मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई पूजा गरिन्छ । कुलदेवीको पूजाको दिन अर्थात जेठ १ गते नै रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि साइत हेरिनेछ ।
रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथको रथलाई तानेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।
समाज
थप सामाग्री-
राज्यको ढुकुटी रित्तो,कर्मचारीहरु चाँहि तलबभत्ता बढाउन लबिङ गर्दै
-
सगरमाथा संवादको उद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली द्वारा प्रस्तुत उद्घाटन मन्तव्य
-
आज जेठ २ गते शुक्रबारको राशीफल : लक्ष्मी माताले रक्षा गरुन
-
गृहमन्त्री ज्यू ! यो त ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएन र ?
-
ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

हुरीले घर भत्कँदा एक जनाको मृत्यु
२ दिन अगाडि
1.9kViews 471 Shares Share on Facebook Share on Twitter झापा । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको…