ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको मृत्यु
13.7kViews
0
Shares
सिन्धुपाल्चोक, २१ चैत । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
धरातल नबिर्सने प्रहरी प्रमुख: IGP दानबहादुर कार्की ‘भोटे दमाई दाइ’को घरसम्म पुगेपछि …
३ दिन अगाडि
7.8kViews 172 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीले आफ्नो पदोन्नतिको खुसी मनाउन…



