गाजामा इजरायली ड्रोन आक्रमण, १८ प्यालेस्टिनीको मृत्यु

गाजापट्टी ।  इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको एक डाक्टर र प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन् । हमास प्रहरी एकाइले बजार नियन्त्रण गर्न खोज्दा मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार ड्रोनले सादा पोसाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेको थियो । उनीहरू ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप लगाइएका पसलेहरूसँग कुरा गरिरहेका थिए ।

हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । इजरायलले सार्वजनिक व्यवस्था कायम राख्ने प्रहरी एकाइमाथि आक्रमण गरेर अपराध गरेको उसले बताएको छ ।बीबीसीले इजरायली सेनाबाट प्रतिक्रिया मागेको तर यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त नभएको बताएको छ ।

Facebook Comments Box
TOP
229 Shares