गाजामा इजरायली ड्रोन आक्रमण, १८ प्यालेस्टिनीको मृत्यु
गाजापट्टी । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको एक डाक्टर र प्रत्यक्षदर्शीले बीबीसीलाई बताएका छन् । हमास प्रहरी एकाइले बजार नियन्त्रण गर्न खोज्दा मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा आक्रमण भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार ड्रोनले सादा पोसाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेको थियो । उनीहरू ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप लगाइएका पसलेहरूसँग कुरा गरिरहेका थिए ।
हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गरेको छ । इजरायलले सार्वजनिक व्यवस्था कायम राख्ने प्रहरी एकाइमाथि आक्रमण गरेर अपराध गरेको उसले बताएको छ ।बीबीसीले इजरायली सेनाबाट प्रतिक्रिया मागेको तर यो समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया प्राप्त नभएको बताएको छ ।
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



