महिला एसियन कप: नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाडौं। एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंका सँग खेल्दैछ।
खेल उच्वेकिस्तामा साँझ सवा ६ बजे सुरु हुनेछ। खेलमा श्रीलंका उच्वेकिस्तानसँग १०–० गोलले पराजित टोली हो भने नेपालले लाओसलाई ९–० गोलले हरायो।
उज्वेकिस्तानमा आइतबारबाट सुरू भएको समूह ‘एफ’को छनोटमा नेपालले रवाफिलो प्रदर्शन गर्दै लाओसलाई ९–० ले पराजित गरेको थियो। यो खेलमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।
छनोटमा नेपालले अब आगामी शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्ने तालिका छ।
यो खेलको कप्तानी सावित्रा भन्डारीले सम्हालेकी छिन्। अखिल नेपाल फुटबल संघ ९एन्फा० लाओसविरूद्धको खेल सुरू हुनु केही बेरअघि मात्र सावित्रालाई कप्तान घोषणा गरेको हो।
नेपालले सन् १९८६ बाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरू गरेको थियो। सो बेला रमा सिंहले नेपाली टिमको नेतृत्व गरेकी थिइन्। त्यसपछि कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भन्डारी, अनु लामा, सजना राना मगर, रेनुका नगरकोटी, निरू थापाले आर्म ब्यान्ड लगाएका थिए।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…