मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गएराति ८ बजे काठमाडौं महानगरपालिका-८ लामबगरस्थित मनमैजु पेट्रोल पम्पअगाडि सडक खण्डमा शेषमतीबाट शिवमन्दिरतर्फ जाँदै गरेको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले वृद्धलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट काठमाडौंकै तारकेश्वर नगरपालिका-८ भेटघाट चोक बस्ने ७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइेत भएका थिए।

टाउको र दुवै खुट्टामा चोट लागेका वृद्धलाई उपचारका लागि तत्कालै ग्रान्डी अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा राति ११:२० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

Facebook Comments Box
TOP
151 Shares