

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
5.3kViews
151
Shares
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गएराति ८ बजे काठमाडौं महानगरपालिका-८ लामबगरस्थित मनमैजु पेट्रोल पम्पअगाडि सडक खण्डमा शेषमतीबाट शिवमन्दिरतर्फ जाँदै गरेको बा ७४ प ४००५ नम्बरको मोटरसाइकलले वृद्धलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट काठमाडौंकै तारकेश्वर नगरपालिका-८ भेटघाट चोक बस्ने ७१ वर्षीय कुलबहादुर आचार्य गम्भीर घाइेत भएका थिए।
टाउको र दुवै खुट्टामा चोट लागेका वृद्धलाई उपचारका लागि तत्कालै ग्रान्डी अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा राति ११:२० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
Facebook Comments Box
समाज
थप सामाग्री-
कानुनभन्दा माथि कोही छैन: ट्राफिक अनुशासनमा उदाहरणीय कदम
-
घरदैलोमै पासपोर्ट र लाइसेन्स : सरकारको सेवा अब नागरिकको ढोकामै
-
आज वैशाख ०४ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
अदालतले रोकेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट : “अब तयारीसहित अघि बढ्छु, कसैलाई छोड्दिनँ”
-
एसएसपी केदार खनाललाई सम्मानपूर्वक बिदाइ, दीर्घ सेवाप्रति उच्च प्रशंसा
गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवाद: “हजुरबुवाको अंश, भ्रम नफैलाउनुहोस्”
१ दिन अगाडि
2.9kViews 426 Shares Share on Facebook Share on Twitter काठमाडौं: गृहमन्त्री ले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणबारे उठेका व्यापक आलोचना…



