हिमाचल प्रदेशमा भारी वर्षाका कारण मर्नेको सङ्ख्या ४३ पुग्यो

नयाँ दिल्ली । भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । त्यहाँको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले बीबीसीलाई बताएअनुसार अहिलेसम्म ३७ जना बेपत्ता भएका छन् ।
‘हिमाचल प्रदेशमा जुन १९ मा मनसुन आइपुगेको थियो । त्यसपछि लगातार पानी परिरहेको छ । धेरै ठाउँमा बादल फाटेर निकै धेरै क्षति भएको छ’ राणाले भने । मनसुनमा सडक दुर्घटनाका कारण २६ जनाको मृत्यु भएको पनि राणाले बताए ।
एक अनुमानअनुसार हिमाचल प्रदेशमा ५०० करोड रुपैयाँभन्दा बढीको सम्पत्तिमा क्षति पुगेको उनको भनाइ छ । वर्षाका कारण मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । यस जिल्लामा २० जनाको मृत्यु भएको छ र ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको खबर छ । हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ । यसैबिच भारत मौसम विज्ञान विभागले जुलाई ७ सम्मका लागि अलर्ट जारी गरेको छ ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.1kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…