पाठक पत्र : एसपीको घुमुवा हो कि नाम बेचेको हो कुन्नि

जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी दिलिप घिमिरे प्रमुख भएका बेला सम्म संगठित र ठूला चोरी तस्करी धन्दा चलेको थिएन। सीमावर्ती क्षेत्रमा सानोतिनो तस्करी कहिल्यै रोकिने अवस्था पनि देखिएको छैन। तर पनि ठूला र संगठित तस्करी रोकिएको थियो। तर अहिले उहाँको सरुवा भएसँगै रौतहटमा संगठित र ठूला तस्करी धन्दाहरू चलिरहेका छन्। यस्तो लाग्छ कि सरकारले अहिले रौतहटमा तस्करी गर्नलाई पुरै छुट दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा घुमुवाको रूपमा खटिएका बच्चा यादव र ध्रुव यादवलाई अहिले यहाँबाट हटाएर अन्यत्र पठाइएको छ। अहिले रौतहटभर व्यापारीदेखि तस्करहरूसँग भेट्ने र रकम असुल्ने काम हवल्दार नरेन्द्र यादवले गरिरहेका छन्।
एसपी दिलिप घिमिरेको कार्यकालमा हवल्दार यादव जिल्लाको घुमुवा देखि क्युआरटी दुवै हेर्ने गर्थे। त्यतिबेला पनि उनी धेरै बदनाम भएका थिए। अहिले उनलाई बसपार्क खटाइएको छ। अरूले हेर्दा र देख्दा एवं प्रहरी हेडक्वार्टरले चासो लिएर सोधपुछ गरेको खण्डमा जिल्लाको घुमुवा होइन, बसपार्कमा खटाइएको भनेर देखाउने र भन्ने। तर काम चाहिँ जिल्लाभर घुमुवाका रूपमा व्यापारीदेखि तस्करसँग भेटघाट गर्ने र रकम असुल्ने रहेको छ। यो कुरा जिल्लाका सबै प्रहरीदेखि मातहत सबैलाई थाहा छ।
यसअघि पनि उनी इप्रका राजपुर भन्ने ठाउँमा घुमुवाको रूपमा कार्यरत थिए। राजपुर भन्ने ठाउँ जिल्लाका नाकाबाट तस्करी भएर आउने एकमात्र प्रमुख अखडा हो। उनी यहाँ घुमुवा हुँदा पनि धेरै बदनाम भएका थिए। अहिले उनले एसपी नेत्रमणि गिरी र डिएसपी दीपक रायको मात्रै नभएर डिआइजी उमा चतुर्वेदीको समेत घुमुवा मै हुँ भनेर व्यापारी र तस्कर भेट्ने गरेका छन्।
एसपी गिरी चाहिनेभन्दा बढी सरल स्वभावका र डिएसपी राय आवश्यकभन्दा बढी चलाख छन्। अहिले रौतहट जिल्ला प्रहरी डिएसपी रायले नै चलाएका छन्। यो कुरा जिल्लाभरका प्रहरीलाई थाहा छ। तर पनि बसपार्कमा कार्यरत देखाएर हवल्दार यादवलाई जिल्लाको घुमुवा बनाएर परिचालन गरिएको छ। यसको छानबिन कसले गर्ने?
पहिले बसन्त कुँवरको कार्यकालमा यस्ता बदनाम घुमुवाहरूको बारेमा छानबिन भएर अन्यत्र प्रदेश काज वा सरुवा गर्ने काम हुन्थ्यो। तर अहिले त यो पनि हुने गरेको छैन। जतिसक्दो लुट भन्न खोजिएको हो कि?
जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका जुनियर प्रहरीहरू
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…