प्रहरीकै सेटीङमा बाराको पथलवाघाट- खजानीबाट व्यापक तस्करी , तस्करीको लाइन पाउनेमा भारत घर भएका अरबिन्द

कलैया । बाराको पथलवाघाट र खजानी क्षेत्रबाट अहिले व्यापक तस्करी धन्दा चलेको छ। नेपाल प्रहरीको स्थानीय चौकीसंग सेटिङ मिलाएर उनीहरूको संरक्षणमा यसरी तस्करी चलिरहेको हाम्रो स्थानीय संवाददाताले जानकारी दिएका छन् । नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजीले बाराका विभिन्न नाकाहरूबाट प्रहरीकै संरक्षणमा तस्करी भैरहेको सुचना पाएपछि बारम्बार तस्करी रोक्न निर्देशन दिएको भए पनि अझै तस्करी नियन्त्रण होइन झन् व्यापक रूपमा चलिरहेको छ। प्रहरी महानिरीक्षकले संगठनमा शुद्धीकरण गर्ने र सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन बारम्बार दिएको भए पनि मातहतका प्रहरीले कार्यान्वयन गरेको देखिदैन । केन्द्र र प्रदेश प्रहरी प्रमुखले बारम्बार दिएको नीति निर्देशन विपरीत अहिले बाराको पथलवाघाट र खजानीबाट व्यापक तस्करी भैरहेको छ ।

पथलवाघाटबाट अहिले मुख्य रूपमा तस्करीको लाइन पाउनेमा भारत अगर्वा घर भएका अरबिन्द साह छन् । उनले नेपालको बारा सिम्रौनगढको नरवासमा पसल समेत संचालन गरेका छन् । त्यही पसलको नाममा उनले ठूलो तस्करी धन्दा चलाउंदै आएका छन् । उनले पाँच जना कामदार राखेर मोटरसाइकल मार्फत कपडा , कस्मेटिक , खुसा , चिनी देखि किरानाका सामानहरूको तस्करी गराउंदै आएका छन् । अरबिन्द ले कामदारको रूपमा तस्करीमा प्रयोग गरेकाहरूमा राहुल गुप्ता , सन्तोष साह , अजय यादव , भोला पण्डित र सन्तोष कुशवाह प्रमुख छन् । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन् भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदारहरू हुन् ।
उनले यसरी निरन्तर रूपमा तस्करी गराउंदै आएको एक बर्ष भन्दा बढी भैसकेको छ । कारोवारी अरबिन्दले पथलवाघाट स्थित प्रहरी चौकीका असई र जिल्ला प्रहरी कार्यालय बाराबाट परिचालित घुमुवालाई सेटिङ मिलाएर ठूलो मात्रामा तस्करी गराई रहेका छन् । प्रविण साह कपडा , हार्डवेयर , भोला साह कपडा , प्रदिप साह किराना , हार्डवेयर , उपेन्द्र यादव किराना ,हार्डवेयर , नितेष यादव सूर्ति , हार्डवेयर , रमा कान्त यादव कपडा , मुकेश मुखिया हार्डवेयर , कपडा , गोरे नवल भैंसी , दिनेश यादव कपडा हार्डवेयर प्रमुख छन् । पथलवाघाटबाट निस्के पछि झन्डै ४ सय मिटरको फरकमा खजानी चौकी रहेको छ ।
भारतको घोडासन , अगर्वाबाट तस्करहरूले पथलवाघाट , मौवाई हुदै तस्करी गरेको सामान सिम्रौनगढ।र कोल्वी सम्म पुर्याउने गरेका छन् । यो नाकाबाट सुखा , किराना सामान , कस्मेटिक सामान , कपडा , मल एवं मलको बोरामा चिनी भरेर व्यापक मात्रामा तस्करीको काम चलिरहेको छ। दैनिक लाखौं रूपैयाँ राजश्व छलि गरेर यो नाकाबाट व्यापक तस्करी भैरहेको छ । तस्करीको यो नाका र रूटमा नेपाल प्रहरीको पथलवाघाट चौकी रहेको छ । यहाँ जानको लागि टेण्डर हालेर जाने चलन नयाँ होइन । कहिले हवल्दार त कहिले असईले यहाँ जानका लागि टेण्डर हाल्ने गर्दछन् । अहिले यो चौकीमा असई रबि यादव प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको त डिएसपी प्रमुख रहने प्रस्तावित गुल्म र बिओपी नै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट हबल्दार घनश्याम पाण्डे घुमुवा परिचालित भएका छन् । इन्स्पेक्टर खेम नेपालले बदनाम हबल्दार घनश्याम पाण्डेलाई चौकी, ईप्रका र तस्करबाट पैसा असुल्ने जिम्मा लगाएका छन् । हबल्दार पाण्डेले १ असारदेखि चौकी चौकी र ईप्रकाबाट तोकिएको रकम उठाउन जाने जिम्मा पाएका हुन् ।

Facebook Comments Box
TOP
402 Shares