डिआईजी चतुर्वेदी घुमुवा परिचालन गर्दै असुलि धन्दामा व्यस्त : घुमुवाको दरबन्दी काठमाडौं, मधेसमा असुली

काठमाडौं । मधेस प्रदेशका प्रहरी प्रमुख एवंम् नायब महानिरीक्षक (डिआईजी) उमा चतुर्वेदीका घुमुवाहरुले मुख्यतयः सिरहा, धनुषा, महोत्तरी र सप्तरीलगायतको विभिन्न नाकाहरुमा आर्थिक आतंक मच्चाएका छन् ।

डिआईजी चतुर्वेदीको विश्वासपात्र रहेका बरिष्ठ हवल्दार महेन्द्र महतोलाई घुमुवाको नेतृत्वको जिम्मेवारी दिइएको छ । जबकी हवल्दार महतोको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) काठमाडौंमा दरबन्दी छ ।

तर, महतोको दरबन्दी सिआईबीमा भएपनि डिआईजी चतुर्वेदीको आशिर्वादमा उनलाई घुमुवाको उठन्तीका लागि खटाउने कमाण्डर नै बनाइएको छ । बरिष्ठ हवल्दार महतोदेखि मधेस प्रदेशका जिल्लाका एसपीहरू समेत डराउने गर्दछन् ।

बरिष्ठ हवल्दार महतोलाई रकम उठाउन सहयोग गर्नका लागि मधेश प्रदेशमा कार्यरत हवल्दार मोतीलाल पटेल र उमेश महरा चमार समेत रहेका छन् । उनीहरु पनि सिरहा, सप्तरी, धनुषा र महोत्तरीमा रकम उठाउन सक्रिय छन् ।

त्यतिमात्र नभएर मधेस प्रदेशमा डिआईजी चतुर्वेदीको निर्देशनमा जुवा भइरहेको गुनासो पनि छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापादेखि, डिआईजी चतुर्वेदी र ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुको नाममा घुमुवाहरुले जुवाको खालबाट समेत पैसा उठाउने गरेको बताइन्छ ।

त्यस्तै घुमुवा टोलीले तस्करसँग पनि पैसा उठाउने गरेको बताइएको छ । मधेस प्रदेशमा पछिल्लो समय लत्ताकपडा, चिनी, मल, केराउ, लागूऔषध, पाउडर दूध, काजु, कवाड जस्ता सामाग्रहीहरु तस्कर भइरहेको छ । तस्करीको लाइन मिलाउने काम यिनै घुमुवाहरुले गर्ने गरेका छन् ।

जसले गर्दा तस्कर र घुमुवाहरुबीच सम्बन्धसमेत प्रगाढ भएको बताइन्छ । धनुषाको जटही, खजुरी, मैनाथपुर, दुहबी, सिरहाका माडर, भगवानपुर, कल्याणपुर, सप्तरी र महोत्तरीको विभिन्न नाकाहरुबाट डिआईजीको नाममा रकम असुली गरि तस्करीको लाइन दिएका छन् ।

डिआईजीको आर्शिवादले घुमुवा बन्न सफल भएका बरिष्ठ हवल्दार महतोले हवल्दार पटेल र चमारलाई परिचालन गरि सिरहा, सप्तरी, धनुषा र महोत्तरीको विभिन्न नाकाबाट तस्करी लाइन दिएबापत तस्करहरुसँग उठाएको रकम तल्लो दर्जाको हाकिमदेखि माथिल्लो निकायसम्मको नाममा पुग्ने गरेको छ ।

बरिष्ठ हवल्दार महतोलाई देखावटीको लागि सिआईबी काठमाडौंमा दरबन्दी राखिए पनि डिआईजीको मौखिक आदेशले जनकपुर आई रकम तस्करीको रकम असुली गर्ने भ्याईनभ्याई भएको छ ।

यसअघि उनीहरु सबैजना विगत १० वर्षदेखि धनुषा प्रहरीमा बसि व्यापारीसँग रकम उठाउने गरेको समाचारहरु समेत सार्वजनिक भएको थियो । यतिबेला मधेस प्रदेशमा प्रहरी सुरक्षाका लागि नभएर तस्करी गराउनका लागि सक्रिय भएको जनगुनासो सुन्न पाइन्छ ।

बरिष्ठ हवल्दार महतो उनै व्यक्ति हुन् जो धिरज प्रताप सिंह मधेस प्रहरी प्रमुख हुँदा पनि घुमुवा नै थिए । चतुर्वेदी सिरहा जिल्लाको प्रमुख हुँदा महतोसँग चिनजान भएको स्रोत बताउँछ । जसले गर्दा उनी अहिले डिआईजीको विश्वासिला पात्र बन्न पुगेको चर्चा छ ।

जबकी यसअघि घुमुवाको रुपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णदेव साहलाई इन्चार्जको जिम्मेवारी दिएपनि बरिष्ठ हवल्दार महतोले पावर लगाएर घुमुवाको कमाण्डर बन्न सफल भएका हुन् ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
475 Shares